http://bit.ly/bajajdurbartimes

अधिवक्ताहरूले माग गरेकाे बृहत पूर्ण इजलास के हाे ? कस्ताे अवस्थामा गठन गर्ने ?


अधिवक्ताहरूले माग गरेकाे बृहत पूर्ण इजलास के हाे ? कस्ताे अवस्थामा गठन गर्ने ?

प्रनिनिधिसभा विघटनको विषय अहिले सर्वोच्च अदालतमा बहसको विषय बनेको छ । विघटनविरुद्ध रिट निवेदन परेपछि सर्वोच्च अदालतको संवैधानिक इजलासमा अहिले यो मुद्दामाथि सुनुवाई चलिरहेको छ ।

बहसमा भाग लिने धेरै अधिवक्ताहरुले यो विषयलाई संवैधानिक भन्दा पनि बृहत पूर्ण इजलासमा लगेर सुनुवाई गर्नुपर्ने कुरा उठाइरहेका छन् । बुधबारको बहसमा पनि बृहत पूर्ण इजलासको कुरा उठेको छ ।

सर्वोच्च अदालत नियमावली, २०७४ मा बृहत पूर्ण इजलासबारे उल्लेख गरिएको छ । उक्त नियमावलीअनुसार ५ वा सो भन्दा बढी न्यायाधीश राखेर बृहत पूर्ण इजलास गठन गर्न सकिन्छ ।

सर्वोच्च अदालतमा कुल २१ जना न्यायाधीशको दरबन्दी रहे पनि हाल १९ जना मात्रै कार्यरत छन् । न्यायाधीशद्वय डम्बरबहादुर शाही र केदार चालिसेले अवकाश पाएपछि प्रधान न्यायाधीशसहित हाल १९ न्यायाधीश मात्रै सर्वोच्च अदालतमा रहेका हुन् ।

बहसमा भाग लिएका अधिवक्ताहरुले बृहत पूर्ण इजलास गठनको माग गरे पनि सर्वोच्चको नियमावलीमा निम्न चरणवद्ध अवस्था पार गरेको अवस्थामा मात्रै बृहत पूर्ण इजलास गठन गरिन्छ ।

1

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

2

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर

3

पछिल्लो २४ घण्माटा थप ३ सय ४८ जनामा कोरोना संक्रमण पुष्टि

4

प्रिमियर लिगमा आज २ खेल, चेल्सी र लेष्टर भिड्दै

5

प्रधानमन्त्री कपमा लुम्बिनी प्रदेशको विजयी सुरुवात

6

लगातार बढेको नेप्सेमा मंगलबार करेक्शन


Share Tweet Send