अफगानिस्तानमा विश्‍वविद्यालयभित्रै हमला: १९ जना मारिए, २२ घाइते


अफगानिस्तानमा विश्‍वविद्यालयभित्रै हमला: १९ जना मारिए, २२ घाइते

अफगानिस्तानको काबुल विश्वविद्यालयमा एक समुहले गोली प्रहार गर्दा १९ जना मारिएका छन् । २२ जना घाइते भएका छन् ।

अफगानिस्तानको गृहमन्त्रालयका प्रवक्ताका अनुसार विश्वविद्यालय परिसरमा अज्ञात ३ बन्दुकधारीले गोली चलाएका थिए । बन्दुकधारीले गोली चलाएलगत्तै छात्रछात्राहरुको भागदौड मच्चिएको थियो । सोमबार विश्वविद्यालय परिसरमा इरानी बुक फियरको उद्घाटन हुने कार्यक्रम रहेको थियो । आक्रमणलगत्तै सुरक्षाकर्मीहरुले विश्वविद्यालयलाई घेरा हालेर आक्रमणकारीविरुद्ध फायरिङ गरेका थिए । सुरक्षाकर्मीहरुले ती ३ जना आक्रमणकारीलाई मारिदिएको बीबीसीले जनाएको छ ।

तालिवान समूहले भने सो आक्रमणमा संलग्न भएको कुरा अस्वीकार गर्दै हमलाको निन्दा गरेको छ । अफगानिस्तानका शैक्षिक संस्थाहरु यसअघि पनि आक्रमणकारीहरुको निशानामा पर्दै आएका छन् ।

अहिले घटनास्थलमा उच्च सतर्कता अपनाइनुका साथै बाक्लो संख्यामा सुरक्षाकर्मी खटिएका छन् । घाइतेहरुको भने काबुलस्थित अस्पतालमा उपचार भइरहेको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...