Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर सापकोटाद्वारा रिट दायर


राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर सापकोटाद्वारा रिट दायर

काठमाडौँ | सभामुख अग्निप्रसाद सापकोटाले सरकारले विभिन्न संवैधानिक आयोगहरुमा हालै गरेको नियुक्ति असंवैधानिक रहेको भन्दै सर्वोच्च अदालतमा रिट दायर गरेका छन् ।

संसदीय सुनुवाइविना नियुक्ति गर्नु अवैधानिक रहेको जिकिरसहित सापकोटाले राष्ट्रपति र प्रधानमन्त्रीसहित ३९ लाई विपक्षी बनाएर रिट दायर गरेका हुन् । रिटमाथि पहिलो सुनुवाइ आइतबार हुने भएको छ ।

संवैधानिक परिषद्बाट सिफारिस गर्न बहुमत नपुग्ने भएपछि प्रधानमन्त्री केपी ओलीले अध्यक्षसहित बहुमत सदस्य उपस्थित भए परिषद् बैठक बस्न सक्ने गरी अध्यादेश ३० मंसिरमा अध्यादेश ल्याएका थिए ।

अध्यादेशपछिको बैठकमा प्रधानमन्त्री, प्रधानन्यायाधशीश र राष्ट्रिय सभाका अध्यक्ष मात्रै उपस्थित भएका थिए । तर, प्रतिपक्षी दलका नेता र सभामुख भने परिषद्को बैकठमा उपस्थित भएका थिएनन् ।

५ पुसमा प्रतिनिधिसभा विघटन भएपछि विभिन्न संवैधानिक आयोगहरुमा नियुक्ति सिफारिस भएको सार्वजनिक भएको थियो । सिफारिस भएपछि संसदीय सुनुवाइ हुनुपर्ने प्रावधान छ । तर, ४५ दिनभित्र सुनुवाइ नभए स्वतः नियुक्ति हुने प्रक्रिया रहेको भन्दै गत बुधबार संवैधानिक आयोगका पदाधिकारीहरुको सपथ गराइएको थियो । ३८ पदाधिकारी सिफारिस भएको भए पनि ३२ जनाले सपथ लिएका थिए ।

त्यसरी प्रक्रिया नै नपुगी नियुक्ति गरिएको भन्दै सभामुख सापकोटाले असन्तुष्टि जनाएका थिए । १८ माघमा सापकोटाले नियुक्ति सिफारिससम्बन्धी पत्र संवैधानिक परिषद्मैं फिर्ता पठाएका थिए ।

रिटको पेशी आइतवारको लागि तोकिएको बताइएको छ । यसअघि नै संवैधानिक आयोगहरुमा गरिएको नियुक्ति असंवैधानिक रहेको भन्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।

1

पछिल्लो २४ घण्टामा ७८ जनामा कोरोना संक्रमण पुष्टि

2

शिक्षकहरु एक जिल्लाबाट अर्को जिल्लामा सरुवा हुन पाउने

3

शेयर बजारमा ८० अंकको पहिरो, कारोबार ८ अर्ब ३५ करोड बढी

4

उकालाेकै गतिमा ओरालाे लाग्दै निफ्राकाे शेयर मूल्य

5

नेपाली क्रिकेट: खेलाडीको रगत र पसिनाको उचित मूल्याङ्कन कहिले हुन्छ ?

6

‘जैस–उल हिन्द’ले लिए अम्बानीको घरबाहिर बरामद विस्फोटक पदार्थसहितको कारको जिम्मा


Share Tweet Send