durbar-times

प्रधानमन्त्रीलाई नै व्यङ्ग्य हानेकाे नेपालकाे प्रदुषण


प्रधानमन्त्रीलाई नै व्यङ्ग्य हानेकाे नेपालकाे प्रदुषण

२०७५ साल साउन २३ गते प्रधानमन्त्री केपी शर्मा ओलीले एक भाषणमा भने -" २ वर्षभित्र काठमाडाैँलाई स्वच्छ बनाउँछु । त्यसपछि विश्वका मान्छेहरू श्वास फेर्नका लागि काठमाडाैँ आउँछन् ।

२०७७ साल चैत्र १६ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले एक विज्ञप्ति जारी गर्दै लेख्याे - वातावरण प्रदुषणका कारण प्रतिकुल अवस्थालाई मध्यनजर गरी ४ दिन विद्यालयलगायतका शैक्षिक संस्था बन्द गर्ने ।

प्रधानमन्त्री केपी शर्मा ओली विभिन्न कुराहरूलाई व्यङ्ग्य गरी प्रहार गर्न माहिर मानिन्छन् । प्रत्येक भाषणमा उनका व्यङ्ग्य सुन्न हजाराैँ जनसमुदाय उपस्थित हुने गरेका छन् । भर्खरै मात्र त्रिदेशीय फुटबलकाे उपाधि जितेकाे नेपाली टीमले दशरथ रङ्गशालामा नै केपी ओली वी लभ यु भन्दै नाराबाजीसमेत गरेका थिए । तीनै प्रधानमन्त्रीलाई दुईवर्षकाे अवधिमा काठमाडाैँमात्र हैस समग्र देशकै वातावरणले नमज्जाले व्यङ्ग्य गरिदिएकाे छ ।

देशभर ६७ भन्दा बढी ठाउँमा लागेका डढेलाे , अव्यवस्थित शहरीकरण र जनचेतनाकाे कमीका कारण केहिदिनयता नेपालकाे वातावरण निकै प्रदुषित बनेकाे छ । देशकै राजधानी काठमाडाैँ विश्वकै सबैभन्दा बढी प्रदुषित शहर बनेकाे छ । हावामा भएकाे प्रदुषणका कारण सर्वसाधारणहरूकाे आँखा पाेल्ने समस्या लिएर दैनिक सयाैँकाे संख्यामा अस्पतालमा भीड लाग्ने गरेकाे छ। यही समस्यालाई मध्यनजर गर्दै सरकारले ४ दिन विदा दिने निर्णय गरेकाे हाे ।

गतवर्षबाट विश्वभरी फैलिएकाे काेराेना महामारीका कारण नेपालमा पनि लकडाउन गरिएकाे थियाे । अत्यावश्यकबाहेकका सवारीसाधन पूर्ण रूपमा बन्द गरिएकाे थियाे । उद्याेगधन्दा, कलकारखानहरू पूर्णरूपमा बन्द भएका थिए । मानिसहरू घरभित्र नै कैद भएका थिए । यी सबैका कारण त्यतिबेलाकाे वातावरण निकै स्वच्छ भएकाे थियाे । भारतकाे विहार राज्यबाट नै संसारकाे सर्वाेच्च शिखर सगरमाथा देखिएकाे समाचारहरू पनि विभिन्न पत्रपत्रिकामा छापिएका थिए । त्यही वातावरणमा अहिले भने उल्टाे गति देखिएकाे छ। अलिकति पर के छ भनेर पनि देख्न असमर्थ हुने अवस्था देखिएकाे छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीका भाषणमा देशलाई समृद्ध बनाउने कुराहरू बारम्बार दाेहाेरिरहन्छन् । मध्यपहाडी लाेकमार्ग लगायतका राष्ट्रिय गाैरवका आयाेजनाहरूकाे गाथा बयान गरेर नथाक्ने प्रधानमन्त्री अहिलेकाे प्रतिकुल अवस्थामा भने एक वाक्य निकालेकाे देखिएकाे छैन । वर्तमान राजनीतिक व्यवस्थाका बारे कुरा गरेर नथाक्ने , पार्टीकाे लागी मात्र समय छुट्याइरहेकाे देखिन्छ प्रधानमन्त्रीले ।

संघीय व्यवस्थामा प्रवेश गरेसँगै व्यवस्था लागु गराउन प्रयासरत रहेकाे भन्दै सरकारकाे बयान गरेर नथाक्ने सरकारका अन्य मन्त्रीहरूपनि वर्तमान अवस्थाकाे ज्ञात नगरी देशैभरिका विद्यालयहरू बन्द गराउन तत्पर देखिए । संविधानतः माध्यमिक तहसम्मकाे शिक्षा स्थानीय तहले व्यवस्थापन गर्ने अधिकार प्रत्यायाेजन भएकाे छ । तर सरकारले गत १६ गते जारी गरेकाे विज्ञप्तिमा भने देशभरका विद्यालय बन्द गराउने आदेश दिएकाे छ। त्यसकाे अवज्ञा गर्दै कतिपय स्थानीय तहहरूले विद्यालय खुला राख्ने निर्णय गराएका छन् ।

अहिले भैरहेकाे वातावरण प्रदुषणकाे मुख्य कारण आगलागी र डढेलाे भनिएकाे छ । प्राय जिल्लाहरूमा आगलागि भएकाे छ । वातावरण विभागले अझै १०,१५ दिन प्रदुषण नियन्त्रणमा आउन गाह्राे हुने बताएकाे छ । सर्वसाधारणलाई आवश्यक सचेतता अपनाउन भन्दै सूचना जारी गरिएकाे छ।

सरकारमा सामेल भएका मन्त्रीहरू विभिन्न घटनाहरूमा मुछिइरहेका छन् । काेही शिक्षाकाे कार्यक्रममा गएर पाखुरा सुर्किने , काेही ध्यान नदिइ अनावश्यक बाेलेर चर्चा कमाउने , प्रधानमन्त्रीका सल्लाहकार सामाजिक सञ्जालमा व्यस्त हुने लगायतका कार्यहरूमा व्यस्त छन् ।

अरूमाथी मज्जाले व्यङ्ग्य प्रहार गर्ने प्रधानमन्त्री वातावरणले देशमाथी नै व्यङ्ग्य गरिरहेकाे अवस्थामा के गरिरहेका छन् त ? के विद्यालयहरू बन्द गरेकै भरमा वातावरण स्वच्छ हुन्छ ? डढेलाे नियन्त्रणमा के गरिरहेकाे छ सरकार ? जनचेतनाका लागि कस्ता कार्यहरू गरिरहेकाे छ ? सरकारले स्पष्ट पार्न सकेकाे अवस्था छैन । यसबाट सरकार केही गर्न नसकि लाचार भएकाे त हैन ? भन्ने प्रश्न उब्जिएकाे छ ।

1

जीप दुर्घटनाः एकै वडाका चार जनाको मृत्यु

2

थप पाँच स्थानमा ट्राफिक बत्ती जडान गरिने

3

फेरी विश्वकै प्रदुषित शहर बन्याे काठमाडाैँ

4

पाँच सांसदकाे पद खाली , कुन कुन निर्वाचन क्षेत्रका ?

5

कप्तानकाे शतकले पनि जिताउन सकेन राजस्थानलाई, पञ्जाबसँग बेहाेर्याे हार

6

चरिकोट–जिरी सडकखण्डअन्तर्गत सडक स्तरोन्नति गरिँदै


Share Tweet Send