durbar-times

अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश


अख्तियारलाई स्टिङ अपरेशन नगर्न सर्वोच्चको आदेश

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्टिङ अपरेशन गर्न नपाउने भएको छ ।

बुधवार सर्वोच्च अदालतको संवैधानिक इजलासले सो फैसला सुनाएको हो ।

अख्तियारले आयोगको नियमावली, २०५९ को नियम ३० मा रहेको व्यवस्थाका आधारमा स्टिङ अपरेशन अपरेशन गर्दै आएकोविरुद्द सर्वोच्चमा रिट परेको थियो । अधिवक्ता विष्णुप्रसाद घिमिरेले दायर गरेको रिटमाथि सुनुवाई गर्दै त्यस्तो फैसला सुनाएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणासहित ५ जना न्यायाधीशको संवैधानिक इजलासले अख्तियारको उक्त अपरेशन खारेजी गर्ने आदेश दिएको हो ।

प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, मीरा खड्का, हरिकृष्ण कार्की र ईश्वरप्रसाद खतिवडासहितको संवैधानिक इजलासले स्टिङ अपरेशन रोक्न रिट जारी गरिदिएको हो ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send