अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता


अमेरिकी चुनावः नयाँ जनमत सर्वेक्षणमा बाइडेनलाई अग्रता

अमेरिकी राष्ट्रपतिमा डेमोक्रेटिक पार्टीका तर्फबाट उम्मेदवार रहेका पूर्व उपराष्ट्रपति जो बाइडेनले पछिल्लो जनमत सर्वेक्षणमा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पभन्दा झण्डै १२ प्रतिशतले अग्रता बनाएको देखिएको छ ।

ट्रम्प र बाइडेनको चुनाव अघिको अन्तिम बहस
एजेन्सी | अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्। राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय बिषय, जलव…

बुधवार सार्वजनिक भएको पछिल्लो राष्ट्रव्यापी मत सर्वेक्षणमा बाइडेनले ५४ प्रतिशत र राष्ट्रपति ट्रम्पले ४२ प्रतिशत मत प्राप्त गर्नेछन्। पछिल्ला राष्ट्रपति निर्वाचनहरुमा भन्दा यसपटक सबैभन्दा बढी मतान्तर देखिएको छ ।

सन् २०१६ को राष्ट्रपति निर्वाचनमा ट्रम्पसँग पराजित हिलारी क्लिन्टनले प्राप्त गरेको मतभन्दा अहिले बाइडेनले धेरै मत प्राप्त गर्नेछन्, र दुबै उम्मेदवारबीचको मतान्तर अझ बढ्दै गएको छ ।
गत वर्षदेखि नै सिएनएनले गरेका हरेक मतसर्वेक्षणमा बाइडेनले नै अग्रता बनारहेका छन् ।

ट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा. फाउची
अमेरिकामा कोरोना महामारीको रोकथाम हेर्ने वरिष्ठ स्वास्थ्य अधिकारी डा. एन्थनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारप्रति आलोचना व्यक्त गरेका छन् । उनले एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना फैलनसक्ने पक्का रहेको भन्दै आलोचना गरेका हुन् । संक्रमण रोक्न अब …

विगतमा रिपब्लीकन पार्टीतर्फ झुकाव राख्ने कैयौं मतदाताले यसपटक बाइडेनलाई समर्थन गर्न थालेको पनि सर्वेक्षणमा उल्लेख छ । महिला मतदातामध्ये बाइडेनलाई मतदान गर्नेको संख्या ६७ र ट्रम्पलाई मतदान गर्ने ३७ प्रतिशत रहेका छन् भने गैर–अश्वेत मतदाताबीच पनि ७१–२४ प्रतिशतको मतान्तर छ ।

राष्ट्रपति ट्रम्पलाई स्वीकारोक्ती दर ४२ प्रतिशत छ भने ५५ प्रतिशतले उनका कार्यशैलीलाई रुचाएका छैनन् ।

अमेरिकामा यही नोभेम्बर ३ मा राष्ट्रपतिको निर्वाचन हुँदैछ । रासस

ट्रम्प र बाइडनबीच पहिलो बहस सम्पन्न
अमेरिकामा राष्ट्रपति निर्वाचन आउनै लाग्दा दुई उम्मेदवारहरूबीच सोमवार राति बहस सम्पन्न भएको छ ।राष्ट्रपति डोनल्ड ट्रम्प र पूर्व उपराष्ट्रपति जो बाइडनले एकअर्काको बेइज्जती गरे तर आफ्नो कार्यकाल कस्तो हुनेछ भन्ने कुनै संकेत दिएनन् । यो बहस अत्यन्तै रद्दी रह्यो किनकि यसबाट दुई उम्मेदवारका विषयमा नयाँ क…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...