durbar-times

अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ लाख ५० हजार नाघ्यो


अमेरिकामा कोरोनाबाट मर्नेको संख्या २ लाख ५० हजार नाघ्यो

अमेरिकामा कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको कोरोना भाइरस स्रोत केन्द्रका अनुसार अमेरिकामा कोभिड–१९ बाट ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार १८० पुगेको छ ।

महामारीबाट विश्वमै सबैभन्दा बढि प्रभावित भएको अमेरिकामा संक्रमितको संख्या एक करोड १४ लाख ९८ हजार भन्दा धेरै पुगेको छ ।

पछिल्ला हप्ताहरुमा अमेरिकामा पुनः संक्रमण तीव्र गतिमा बढिरहेको छ । दैनिक विगतको भन्दा धेरै संक्रमित थपिने क्रम जारी छ ।

कोरोना भाइरसका कारण ज्यान गएकाको संख्या र सङ्क्रमणका आधारमा अमेरिका पहिलो स्थानमा छ । अमेरिकामा अहिले दैनिक सङ्क्रमितको नयाँ रेकर्ड भइरहेको छ । अमेरिकाका प्रमुख सङ्क्रामक रोग विशेषज्ञ डाक्टर एन्थोनी फाउचीले महत्वपूर्ण समयमा देश गलत दिशामा गइरहेको टिप्पणी गरेका छन्।

फाउचीले नयाँ सङ्क्रमण बढेसँगै मृतकको सङ्ख्या थपिन सक्ने चेतावनी दिएका छन्। कोरोना भाइरसको केन्द्र रहेको न्यूयोर्क सहरले सङ्क्रमण बढ्ने अनुमानका साथ आजदेखि विद्यालयहरू बन्द गर्ने आदेश दिएको छ । एजेन्सी

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send