अमेरिकी राष्ट्रपति चुनाव 2020 : यी ५ राज्यले गर्छन् अन्तिम फैसला


अमेरिकी राष्ट्रपति चुनाव 2020 : यी ५ राज्यले गर्छन् अन्तिम फैसला

वासिंटन : अमेरिकामा जारी चुनावको मतगणनातर्फ धेरैको चासो पुगेको छ । मतगणनाको अन्तिम चरणमा आइपुग्दा डेमेक्रेटका जो बाइडेन नै अगाडि छन् ।

बाइडेन लगभग सुरुदेखि नै अगाडि देखिए । बाइडेनले अब ६ इलेक्टोरल भोट ल्याए मात्रै ह्वाइटहाउसको बाटो पक्का हुनेछ । पछिल्लो २४ घण्टादेखि नै यो ६ भोटको लागि पर्खाइ भइरहेको छ ।

अर्थात बाइडेनको पक्षमा अहिलेसम्म २ सय ६४ भोट प्राप्त भइसकेको छ । डोनल्ड ट्रम्पको पक्षमा भने २ सय १४ भोट मात्रै । जबकि राष्ट्रपति बन्न जम्मा २ सय ७० इलेक्टोरल भोटको आवस्यकता पर्छ ।

यसकारण पनि बाइडेन जितनजिक रहेको पछिल्लो परिणामले देखाएको छ । ट्रम्पले भने वैध भोट मात्रै गणना गरेको खण्डमा आफूले पक्का जित्ने भन्दै बाइडेनलाई धाँधली गरेको आरोप लगाउँदै आएका छन् ।

यद्यपि पेन्सिल्भेनिया, जर्जिया, नर्थ क्यारोलिना, नावाडा र अलास्काबाट परीणाम आउन बाँकी नै छ । र ती राज्यले नै कसको जित हुने फैसला गर्नेछन् । त्यसो त ती पाँच राज्य प्रमुख वा निर्णायक राज्य मानिन्छन् ।

२० इलेक्टोरल भोट रहेको पेन्सिल्भेनियामा मात्रै बाइडेनले जिते भने समग्र चुनाव नै उनले जित्नेछन् । यस राज्यमा बाइडेनको ४५ दशमलब ३ र ट्रम्पको ४९ दशमलब ६ प्रतिशत भोट आएको छ ।

यस्तै नावाडामा ६ इलेक्टोरल भोट छन् । जहाँ बाइडेन ४९ दशमलब ४ भोट सहित अगाडि छन् । ट्रम्प भने ४८ दशमलब ५ प्रतिशत भोट ल्याएका छन् । यस्तै जर्जियामा १६ इलेक्टोरल भोट रहेकोमा बाइडेन र ट्रम्प बराबरी छन् । दुबैको पक्षमा ४९ दशमलब ४ प्रतिशत भोट यहाँ छ ।

नर्थ क्यारोलिनामा १५ भोट छ । जहाँ बाइडेन ४८ दशमलब ७ प्रतिशतसहित दोस्रो स्थानमा छन् । ट्रम्प भने ५० दशमलब १ भोट ल्याउँदै अगाडि छन् । साथै अलास्कामा जम्मा ३ भोट छ । जहाँ बाइडेन जम्मा ३३ दशमलब ५ प्रतिशत भोट ल्याएका छन् । ट्रम्पले ६२ दशमलब १ प्रतिशत भोट ल्याउँदै अगाडि छन् ।

यसैबीच ट्रम्पले मतगणना रोक्न आग्रह गर्दै आपू अदालत जाने चेतावनी पनि दिएका छन् । उनले बाइडेनले धाँधली गरेको तर आफूले पहिल्यै लगभग जितिसकेको जिकिर गरेका थिए । बाइडेनले भने ट्रम्पलाई संयम भएर बोल्न आग्रह गरे । अमेरिकी चुनावको इतिहासमा यसपटक फरक छ । सबैभन्दा धेरै मतदाता र हुलाकबाट पनि भोट दिन पाउने प्रावधानले गर्दा बाइडेनको पक्षमा चुनाव हुनसक्ने विश्लेषकहरुको भनाइ छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...