अमेरिकामा रेलको ठक्करबाट नेपाली युवतीको ज्यान गयो


अमेरिकामा रेलको ठक्करबाट नेपाली युवतीको ज्यान गयो

एजेन्सी | अमेरिकामा दुर्घटनामा परी एक नेपाली युवती ज्यान गएको छ । ज्यान जानेमा सिन्धुपाल्चोक घर भई अमेरिकाको न्युयोर्क बस्ने पारू श्रेष्ठ रहेकी छिन् । उनको रेलको ठक्करबाट मंगलबार बिहान ज्यान गएको हो ।

क्विन्स उडसाइडमा लङ आइल्यान्ड रेल रोडको रेलले ठक्कर दिदा उनको घटनास्थलमै ज्यान गएको त्यहाँको प्रहरीले जनाएको छ।

दुर्घटनामा परी ज्यान गुमाएकी युवतीको उनको दाहसंस्कार आउदो शनिवार गरिने जनाइएको छ ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...