ट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा. फाउची


ट्रम्पको चुनावी र्‍यालीबाट कोराना फैलने पक्का छ : डा. फाउची

अमेरिकामा कोरोना महामारीको रोकथाम हेर्ने वरिष्ठ स्वास्थ्य अधिकारी डा. एन्थनी फाउचीले राष्ट्रपति डोनाल्ड ट्रम्पको चुनावी प्रचारप्रति आलोचना व्यक्त गरेका छन् । उनले  एक अन्तर्वार्ताका क्रममा राष्ट्रपति ट्रम्पको चुनावी र्‍यालीबाट कोरोना फैलनसक्ने पक्का रहेको भन्दै आलोचना गरेका हुन् ।

संक्रमण रोक्न अब लकडाउन गर्नुपर्दैनः डब्लुएचओ
न्यूयोर्क– विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले मानिसहरूले कोरोनाभाइरसका रोकथामका उपायहरूलाई पूर्ण रूपमा पालना गरेमा भाइरसको संक्रमण रोक्न विभिन्न देशहरूले लागू गरेका राष्ट्रव्यापी लकडाउन र प्रतिबन्धहरू गर्नु पर्ने आवश्यकता नरहने जनाएको छ। पछिल्लो समय यूरोपका स्पेन, इटली, फ्रान्स लगायत विभिन्न देशहरू…

डा. फाउचीले र्‍यालीमा बिना मास्क सहभागी हुनु त्यसमा पनि सामाजिक दूरी कायम नहुनुले कोरोना संक्रमणको जोखिम झन् बढेर गएको बताएका छन् । उनले ह्‍वाइट हाउसमा भएको एक सभापछि ट्रम्प प्रशासनका अधिकांश कर्मचारीहरुमा कोरोना पोजेटिभ भएको उदाहरणसमेत प्रस्तुत गरेका छन् ।

डा. फाउचीले कोरोनाबाट जोगिन पूरै देशभर लकडाउन गर्दा उपयुक्त हुने भएकाले यसमाथि ध्यान जानुपर्ने बताएका छन् ।  उनले लकडाउनबाट आर्थिक रुपमा क्षति पुगे पनि अस्ट्रेलियाको उदाहरण दिँदै मेलबर्नमा लगाइएको लकडाउनबाट कोरोना संक्रमण दर निकै घटेको बताए ।

ट्रम्प र बाइडेनको चुनाव अघिको अन्तिम बहस
एजेन्सी | अमेरिकी राष्ट्रपतीय चुनावअघिको अन्तिम टेलिभिजन बहसमा राष्ट्रपति ट्रम्प र उनका डेमोक्र्याटिक प्रतिस्पर्धी जो बाइडन सहभागी भएका छन्। राष्ट्रपतीय निर्वाचन हुन १२ दिन बाँकी हुँदा टेनेसी राज्यको नास्भिलमा जारी यो बहसमा ट्रम्प र बाइडेनबीच कोभिड-१९ विरूद्धको लडाइ, अमेरिकी परिवार, जातीय बिषय, जलव…

यद्यपि मेलबर्न कोरोना महामारीबाट नराम्रोसँग प्रभावित भएको थियो । त्यसबाबजुद त्यहाँ त्यतिबेलासम्म लकडाउन जारी रह्‍यो जबसम्म त्यहाँ कोरोना संक्रमणक पूर्ण रुपमा नियन्त्रणमा आएको थियो ।

बीबीसी


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...