Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी


अमेरिकी राष्ट्रपति ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी

अमेरिका,बीबीसी | अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि महाअभियोग लगाउने अन्तिम तयारी भएको छ ।

तल्लो सदनमा बहुमत रहेको डेमोक्रेटिक पार्टीका सांसद ट्रम्पविरुद्धको महाअभियोग लगाउने अन्तिम कसरतमा रहेका बीबीसीले जनाएको छ । सभामुख पेलोसीले संविधानको २५ औँ संशोधनलाई सक्रिय बनाएर ट्रम्पलाई सत्ताच्युत गर्न उपराष्ट्रपति माइक पेन्सलाई अपिल गर्ने र सो अनुसार नभएमा ट्रम्पविरुद्ध महाअभियोग प्रस्ताव ल्याउने तयारी गरेको जनाइएको छ ।

२५ औँ संशोधन सक्रिय बनाउने अपिलबारे उपराष्ट्रपति पेन्सले २४ घण्टाभित्र जवाफ दिनु पर्ने छ । तल्लो सदनकी सभामुख न्यान्सी पेलोसीले सम्भवत मंगलबार महाअभियोगका बारेमा पहिलो मतदान हुन सक्ने बताएको बीबीसीले जनाएको छ । संसद भवनमा गएको बुधबार भएको हिंसात्मक आक्रमण तथा विद्रोहका लागि उक्साएको अभियोग ट्रम्पमाथि लगाउने तयारी छ ।

घटनामा प्रहरी अधिकारीसहित पाँच जनाको ज्यान गएको थियो । चुनावको नतिजा उल्ट्याउनका लागि हिंसाको सहारा लिएको आरोप ट्रम्पमाथि छ । सन् २०१९ को अन्तिममा पहिलोपटक महाअभियोगको सामना गरेका ट्रम्प चार वर्षे कार्यकाल नौ दिन मात्र बाँकी रहँदा पुनः महाअभियोगको सामना गर्नुपर्ने अवस्थामा पुगेका छन् ।

1

मेराे शेयरकाे पासवर्ड बिर्सिनुभयाे ? यसरी गर्नुस रिसेट

2

विप्लव र नेपाल सरकारबीच छुटेकाे चाैथाे बुँदा

3

विप्लवकाे सम्बाेधनकाे पूर्ण पाठ

4

पिके घाइते, पीएसजीविरुद्धको खेल गुमाउन सक्ने

5

पछिल्लो २४ घण्टामा नेपालमा १ सय २० जनामा कोरोना संक्रमण पुष्टी

6

प्रचण्ड संसदीय दलको नेता चयन


Share Tweet Send