durbar-times

अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना (भिडीयो सहित)


अमेरिकाको फ्लोरिडामा विमान दुर्घटना (भिडीयो सहित)

अमेरिकाको फ्लोरिडाको सडकमा यात्राका क्रममा दुर्घटना भएको छ । सडकमा कार गुडिरहेका बेला माथिबाट विमान बजारिँदा दुर्घटना भएको हो । कार र विमान ठोक्किँदा भएको आगलागीमा दुई जना व्यक्तिको मृत्यु भएको छ ।

दुर्घटनामा विमानमा सवार दुवैजनाको मृत्यु भएको छ भने कारमा यात्रा गरिरहेका एक बालकको पनि मृत्यु भएको छ । कारमा रहेकी अर्की एक महिला घाइते भएकी छन् ।

दुर्घटनापछि घटनास्थलमा प्रहरी आइपुग्दा बालक कारभित्र थुनिएका थिए भने चालकले जसोतसो महिलालाई बाहिर निकालेका थिए । उनीहरुलाई नजिकैको अस्पतालमा भर्ना गरिएको थियो । कारका चालकको अवस्था भने अज्ञात छ ।

विमान बिहान ३ बजेको उडानपछि दुर्घटनाग्रस्त भएको उत्तरी पेरी एयरपोर्ट, संघीय उड्डयन प्रशासनले जारी गरेको एक विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा भनिएको छ, ‘विमान दुर्घटनाको कारण पत्ता लागेको छैन र अनुसन्धान भइरहेको छ ।’

1

प्रधानमन्त्री ओलीले बोलाए सर्वदलीय बैठक

2

राजस्थानद्वारा दिल्ली पराजित

3

पारस खड्काले टि-ट्वान्टी श्रृंखला गुमाउने

4

दक्षिण कोरियामा नयाँ प्रधानमन्त्री नियुक्त

5

शिक्षक र विद्यार्थीमा कोरोना देखिए एक साता विद्यालय बन्द गर्न काठमाडौं महानगरको निर्देशन

6

रुरु जलविद्युतको आईपीओ रिज्लट ३ बजेपछि मात्र हेर्न मिल्ने, यसरी हेर्नुहोस् ?


Share Tweet Send