durbar-times

अमेरिकामा २३१ यात्रु सवार विमानको इन्जिन आगो लागेर खस्यो (भिडियाेसहित)


अमेरिकामा २३१ यात्रु सवार विमानको इन्जिन आगो लागेर खस्यो (भिडियाेसहित)

अमेरिकाको कोलोराडो राज्यमा एउटा ठूलो दुर्घटना टरेको छ।

राज्यको राजधानी डेनबरमा उडिरहेको बोइङको ७७७ विमानको एउटा इन्जिनमा आगो लागेको हो। २३१ यात्रु सवार विमानमा १० चालक दलका सदस्य थिए।

आगो लागेपछि उक्त इन्जिनको टुक्राहरु जमिनमा खसेको सीएनबीसीले जनाएको छ।

यद्यपी यस घटना दुर्घटनामा परिणत हुन पाएन जसका कारण विमानमा सवार सबै यात्रुहरु सकुशल छन्।

अर्को इन्जिन सक्रिय रहेकाले दुर्घटना हुन नपाएको हो। शनिबार डेनबर अन्तर्राष्ट्रिय विमानस्थलमा उक्त विमान पाइलटले सफल रुपमा अवतरण गरेको बताइएको छ।

1

८१६७ संक्रमित थपिए, ५४५५ जना कोरोनामुक्त

2

भटमास : यस्ता व्यक्तिलाई हुन्छ विष समान

3

यादव-भट्टराई पक्षले बोलायो जसपा कार्यकारिणी समिति बैठक

4

रोल्पाका अग्निपीडितलाई राहत सामग्री हस्तान्तरण

5

पूर्वप्रम देउवाले पठाए गृह जिल्लामा स्वास्थ्य सामग्री

6

आज युभेन्टस र इन्टर मिलान आमने सामने हुँदै


Share Tweet Send