एजेन्सी | भारतीय टेलिभिजन रियालिटी शो ‘कौन बनेगा करोडपति’ दर्शकहरुबीच निकै लोकप्रिय छ । पछिल्ला १२ सिजन अमिताभ बच्चनले यो शो सञ्चालन गरे । तर, अब अमिताभले यस शोबाट अवकाश लिने बताएका छन् ।
कौन बनेगा करोडपतिको १२ औं सिजन चलिरहेको बेला बुधबार यसको सुटिङको अन्तिम दिन थियो । यसैबिच अमिताभले एक बल्ग लेख्दै शो बाट बिदा लीएको जानकारी गराएका छन् ।
उनले यस्तो लेखेका छन् :
‘... म थाकिसकेको छु र रिटायर भइरहेको छु।।। म माफी चाहन्छु...केबीसीको सुटिङको यो अन्तिम दिन निकै लामो थियो...भोलिसम्म ठिक हुनेछु... । तर यो याद राख्नुहोस् कि काम त काम नै हुन्छ । कुनै एक व्यक्ति हटेपछि पनि त्यसलाई पूरा गम्भीरताकाम साथ निरन्तरता दिनुपर्छ ।
‘तपाईंहरु सबैको स्नेह र प्रेमले सुटिङको अन्तिम दिन एक विदाईजस्तै बन्यो । त्यहाँ सबै एकसाथ जम्मा हुन्छन् । पूरा टिम असाध्यै प्यारा, केयरिङ र मिहिनेती थियो । यी सबैले हामीलाई सेटबाट टाढा बस्न मुश्किल गरिदिन्छ । अन्त्यमा पूरा समूह एक साथ बिताइएको महिनौंको समय र एक–एक कोसिकालाई याद गर्न जुटेको थियो ।
पूरा टिमलाई यति प्रेम, केयर र राम्रो व्यवहारका लागि मेरो तर्फबाट मुरीमुरी धन्यवाद । यो समाप्त हुँदैछ र सबैजना भावुक पनि भइरहेका छन् तर अर्को बिहानी आउँदैछ ।’