एन्फालाई एएफसीको ग्रासरुट सदस्यता


एन्फालाई एएफसीको ग्रासरुट सदस्यता

काठमाडौं । एसियाली फुटबल महासंघ (एएफसी)ले अखिल नेपाल फुटबल संघ (एन्फा)को एएफसी ग्रासरुट चार्टर सदस्यता प्रदान गरेको छ । नेपालले ग्रासरुट फुटबलमा गरेको उपलब्धिलाई मध्यनजर गर्दै एएफसीले ब्रोन्ज मेम्बरसिप प्रदान गरेको हो । एएफसी महासचिव डाटो विन्ड्सर जोनले एक पत्रमार्फत एन्फाले सदस्यताका लागि दिएको आवेदन ग्रासरुट प्यानलले स्वीकृत गरेको जानकारी दिए ।

एन्फा अध्यक्ष कर्माछिरिङ शेर्पाले नेपालले ग्रासरुट फुटबलमा गरेको मिहिनेतको फल प्राप्त भएको बताए । एन्फा उपाध्यक्ष तथा ग्रासरुट र युथ संयोजक उपेन्द्रमान सिंहले नेपाली फुटबलका लागि यो ठूलो उपलब्धि रहेको बताए । टेक्निकल डाइरेक्टर ग्यारी फिलिप्सले नेपाली फुटबलको स्तरोन्नति गर्न यो पहिलो कदम रहेको बताए । ग्रासरुट व्यवस्थापक मनोज रञ्जितले पछिल्लो दुई वर्षमा एन्फाले ल्याएको योजनाको कदर गरेको बताए । उनले अब सिल्भर मेम्बरसिप प्राप्त गर्न थप हौसला मिलेको बताए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...