durbar-times

अन्नपूर्ण पोस्टका पत्रकारले दिए सामुहिक राजीनामा


अन्नपूर्ण पोस्टका पत्रकारले दिए सामुहिक राजीनामा

काठमाण्डौं | अन्नपूर्ण पोस्ट पत्रिकामा कार्यरत पत्रकारहरूले सामुहिक राजीनामा दिएका छन् । २०७८ वैशाख ३ गतेदेखि लागू हुने गरी पत्रकारको हस्ताक्षरसहित सम्पादक अखण्ड भण्डारीलाई मंगलबार सामुहिक राजीनामा बुझाएका हुन् ।

अघिल्लो वर्षको चैतदेखि अहिलेसम्म आधा मात्रै तलव दिएको हुनाले र केही दिनदेखि राजीनामा मागेर हैरान पारेको हुनाले राजीनामा दिन बाध्य भएको बुझिएको छ  ।

अन्नपूर्ण पोस्टमा एक वर्षदेखि २० वर्षसम्म काम गरेका पत्रकारले राजीनामा दिएका छन्। सम्पादक भण्डारीले फागुन २० गते बेलुका ६ बजे बैठक राखेर र फागुन २५ गते अपरान्ह साढे ४ बजे अर्को बैठक राखेर राजीनामा दिन दवाव दिएको सामुहिक राजीनामा पत्रमा उल्लेख छ।

यस्तो छ उनीहरुको माग:

पत्रकारहरूले कोरोनाकालदेखि काटिएको तलवको भुक्तानी पाउनुपर्ने र दसैं तिहारमा प्राप्त गर्नुपर्ने एक महिनाको तलव तथा उपदान, सञ्चयकोष, उपचार खर्च, अन्य बिदाका रकम भुक्तानीको व्यवस्था गर्नपर्ने ।

राजीनामा दिनेहरु

विनोद न्यौपाने, यम विरही, रामकृष्ण अधिकारी, तिलक सापकोटा, प्रमोदकुमार गिरी, कृष्णप्रसाद मरासिनी, गोविन्द रेग्मी, खगेन्द्र भण्डारी, उमा विष्ट, सुनिता कार्की, सूर्यप्रसाद पाण्डे, अनन्त वाग्ले, दिनेश गौतम, अजवी पौडेल, लिलाराज अधिकारी, टिका बन्धन, कृष्णराज चौधरी, रामकृष्ण रानामगर, देवेन्द्र महत, सागर खड्का, सञ्जीव दाहाल, कपिल रोकाया, माधव छिनाल, उपेन्द्र अर्याल, विष्णु थापा, विनय बञ्जारा र दीपकराज घिमिरे

1

पार्टीहरु फुटेको भन्दा जुटेको राम्रो होः कमरेड प्रचण्ड

2

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

3

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

4

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

5

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

6

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु


Share Tweet Send