http://bit.ly/bajajdurbartimes

आँशु बगिरहेथ्यो,अचानक आगो बल्यो


आँशु बगिरहेथ्यो,अचानक आगो बल्यो

दृश्य १,

सानो छ खेत सानो छ बारी सानै छ जहान
......

माइतीघर मण्डलामा केही दिन अघि देखि किसानहरू पीडित भएको भन्दै सरकारसँग गुहार मागिरहेका थिए।कोही आउने भाडा मागेर त कोही जाने भाडा जोहो गरेर बिस्कुट र चिउराको भरमा दिनभर सरकारसँग हार गुहार गरिरहेका थिए।

बालबच्चा , जहान ,परिवार छाडेर अधिकांश बृद्द किसानहरू सरकारको अघि आँशु चुहाउँदै अन्यायमा परेको चित्कार सुनाउँदै थिए।तर सरकार भने किसानहरुलाई चिसो भुइँमा सुताउँदै आफू भने हीटर तापिरहेको थियो।

दृश्य २
संसद विघटन,सरकार विरुद्ध नाराबाजी,आम चुनाव घोषणा
प्रधानमन्त्रीको पुत्ला दहन,देशैभरि व्यापक प्रदर्शन ,

संविधानमा नै नभएको व्यवस्थामाथि टेकेर सरकारले संसद विघटन गर्यो।कोही समर्थन गरिरहेका छन् भने कोही विरोध।सर्वोच्च अदालतमा रिटको चाङ लागेको छ।कार्यकर्ताहरु आँफै छिनोफानो गरिरहेका छन्।

माइतीघर मण्डलामा एकातिर उखु किसान हरुको आन्दोलन चलिरहेको छ भने अर्कातिर सरकार विरोधी र समर्थन दुवै पक्षको नाराबाजी चलिरहेको छ।

एकातिर किसानको मन भतभती पोलिरहेको छ,अर्कातिर कार्यकर्ताहरु टायर बालेर आगो ताप्न तयार छन्। जनादेशको लागि चुनावमा जाने निर्णय लिएको सरकारले जनताको आँशु पुछ्न छाडेर आगो बालिरहेको छ।

छेउमै चुहिरहेको आँशुले त्यो आगो निभाउन सक्ने ल्याकत छैन, तर छेउको आगोले पीडितहरुको आँशु सुकाइदिएको छ।

समाजवादी नाराले भेट्न नसकेको दुःख,देख्न नसकेको आँशुले कति सराप्दो हो?
खुकुरीको पीडा अचानोलाई के थाहा भनेजस्तै उखु किसानहरू बिना निष्कर्ष आन्दोलन स्थगित गर्न बाध्य हुँदैछन्। आगोको रापले मनको ताप सुकाउन बाध्य भएका छन्।

1

के हाे नागरिक स्टक डिलर ? कसरी गर्छ काम ? शेयर बजारलाइ कसरी स्थिर बनाउँछ ?

2

विप्लवकाे बन्द, कहाँ के भयाे ?

3

कार्यकारी अधिकारसहित एकदिनका लागि मुख्यमन्त्री बन्दै सृष्टि

4

यी हुन् नेपालकाे महिला फुटबल खेल्न आएका अफ्रिकन खेलाडी

5

रोनाल्डोले विश्व कीर्तिमान नराखेको दाबी

6

पीएम कपः एपिएफ र सुदूरपश्चिम ब्याटिङ गर्दै


Share Tweet Send