durbar-times

नासाले पठाएकाे अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण, पठायाे तस्बीर


नासाले पठाएकाे अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण, पठायाे तस्बीर

नासाले पठाएको अन्तरिक्ष यान मंगल ग्रहमा सफल अवतरण गरेको छ । ‘अमेरिकी पर्सिभिअरेन्स’ नाम दिइएको यानले शुक्रबार बिहान २ बजेर ४० मिनेटमा मंगल ग्रहको सतह छोएको हो ।

यो यान नासाले अमेरिकाबाट उडाएको झण्डै सात महिनापछि मंगल ग्रहमा पुगेको हो । मंगल ग्रहमा यानले सफल अवतरण गरेपछि नासाका वैज्ञानिकले एक अर्कामा खुशी साटेका थिए । लामो समयपछि मंगल ग्रहमा सफल अवतरण गरेको यो यानले मानिसको जीवन मंगल ग्रहमा सम्भव छ या छैन् ? भन्ने बारेमा थप अनुसन्धान गर्नेछ ।

यानले मंगल ग्रहको भुई छुने बित्तिकै तस्बिर पठाएको थियो । जहाँ बालुवा, ढुंगा र चट्टान देखिन्छन् । नासाले सन् १९७० देखि मंगल ग्रहमा मान्छेको जीवन सम्भव छ कि छैन ? भन्ने बारेमा अनुसन्धान गरिरहेको छ ।

यसअघि यानले पठाएका तस्बिरमा माटो भिजेको देखिएपछि मंगल ग्रहमा पानी रहेको तथ्य नासामा कार्यरत नेपाली वैज्ञानिक लुजेन्द्र ओझाले बाहिर ल्याएका थिए । पानी भेटिएपछि मंगल ग्रहमा मान्छेको जीवनको खोजी भइरहेको छ ।

1

८ हजार ८४२ संक्रमित थपिए, २१४ जनाको मृत्यु

2

भारतमा कोभिडबाट मृत्यु हुनेको संख्या घटेन, एकै दिन चार हजार बढीको मृत्यु

3

देउवासँग भेटेलगत्तै प्रचण्डले बोलाए स्थायी समिति बैठक

4

१० अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

5

प्रधानमन्त्री ओली र नेपालको वार्ता सुरु

6

तिमिले लेख्दै गरेको इतिहास


Share Tweet Send