durbar-times

अनुमतिबिनै बहराइनका राजकुमारले ल्याए काेराेना खाेप, सरकार बेखबर


अनुमतिबिनै बहराइनका राजकुमारले ल्याए काेराेना खाेप, सरकार बेखबर

बहराइनका राजकुमार मोहम्मद हमाद मोहम्मद अल-खलिफा सोमवार झन्डै दुई हजार मात्रा आस्ट्राजेनेका खोप लिएर नेपाल आइपुगेका छन्

खाेप ल्याउन पूर्व स्वीकृति आवश्यक पर्ने नेपालमा राजकुमारले कसरी खाेप ल्याए भनी छानबिन भैरहेकाे छ । उनले अनुमति नलिएकाे पुष्टि भएकाे ।

नेपाली सञ्चारमाध्यमहरूलाई बहराइन दूतावासले जनाएअनुसार राजकुमारले गोरखा जिल्लाका केही मानिसहरूलाई उक्त खोप दिन चाहेका हुन्।

भ्रमण व्यवस्थापन गरिरहेको सेभेन समिट्स ट्रेकका एकजना प्रवक्ता थानेश्वर गुरागाईँले मङ्गलवार द हिमालयन टाइम्सलाई बताएअनुसार सात दिन क्वारन्टीनमा बसेपछि राजकुमारको टोली गोरखा जिल्लाको चुमनुव्री गाउँपालिका जानेछ।

त्यहीँको सामागाउँमा उक्त खोप दिने योजना बनाइएको उनले बताए।

तर नेपाल सरकार र स्वास्थ्य सेवा विभाग राजकुमारले नेपाल ल्याएकाे खाेपबारे बेखबर रहेकाे बुझिएकाे छ।

1

२७ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

2

उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप

3

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

4

भारतमा पछिल्लो २४ घण्टामा ३ लाख २९ हजार ९४२ जनामा संक्रमण

5

लागूऔषधसहित २ जना पक्राउ

6

बढ्यो सुनको मूल्य


Share Tweet Send