durbar-times

आफ्नो शरीर माथीको निर्णय आफैं लिन पाउने अधिकार सम्बन्धी छलफल


आफ्नो शरीर माथीको निर्णय आफैं लिन पाउने अधिकार सम्बन्धी छलफल

काठमाडौं । सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार तथा यौन शिक्षाको साथै आफ्नो सवालमा आफैंले निर्णय लिन पाउने विषयमा ९७ प्रतिसत युवाले उचित जानकारी र ज्ञान हासिल गर्न इच्छुक रहेको बताएका छन् ।

महिला सशक्तिकरण तथा अधिकारका सवालमा कार्यरत संस्था वियोण्ड बेइजिङ कमिटी नेपालद्वारा आफ्नो शरीर माथीको निर्णय आफैं लिन पाउने अधिकारको सन्दर्भमा भएको सातै प्रदेश स्तरीय छलफलमा सहभागी युवाले उक्त विषयमा जानकारी पाउने अवसर पाउनुपर्ने धारणा राखेको पाइएको हो ।

कमिटीले  सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्य अधिकार, यौन स्वास्थ्यको क्षेत्रमा युवा जागरण फैलाउने उद्देश्यले आयोजित सात प्रदेशस्तरीय भर्चुअल भेलामा सहभागी युवाले एक महिला वा किशोरीले कोसँग विवाह गर्ने, कति सन्तान जन्माउने लगायतका विषयमा आफैं निर्णय लिन पाउनुपर्ने विषयमा भएको छलफलबाट घोषणापत्र पनि सार्वजनिक गरिएको थियो ।

आफ्नो शरीर माथीको निर्णय आफैं लिन पाउने अधिकारको सन्दर्भमा भएको सातै प्रदेश स्तरीय छलफलमा सहभागी युवाहरु । 

कमिटीले यस जागरणमुलक कार्यक्रममा भएको निर्णय तथा घोषणा पत्रबारे जानकारी दिन आयोजित कार्यक्रममा युथ कोर टीमका अध्यक्ष एनिका राईले प्रजनन स्वास्थ्य अधिकारका सवालमा धेरै युवा जिज्ञासु पाइएको बताए ।

उनले यौन शिक्षा मात्र पर्याप्त पाए यस क्षेत्रमा देखिने विचलन लगायत प्रजनन स्वास्थ्य क्षेत्रसँग सम्वन्धित व्यक्तिगत, पारिवारिक सामाजिक समस्या निराकरणमा सजिलो पर्ने युवाको धारणा रहेको बताए । कमिटीले आफ्नो निर्णय आफैंले लिन पाउनु पर्ने अवधारणा अन्तर्गत महिला स्वास्थ्य क्षेत्रमा सन् २००२ देखि  ‘सि डिसाइड’ शीर्षकमा काम गर्दै आएको छ ।

यस अन्तर्गत प्रजनन स्वास्थ्य लगायत जीवनमा हासिल गर्ने लक्ष्य उद्देश्य प्राप्तीमा समेत विवेक पूर्ण निर्णय सहित महिला/ किशोरीलाई अगाडि बढ्न प्रेरित गदै युवा लक्षित कार्यक्रमहरु सञ्चालन गरिरहेको छ । कार्यक्रममा अभियन्ता  शान्तालक्ष्मी श्रेष्ठले  ‘सि डिसाइड नेपाल’ अभियानको इन्स्टाग्राम र फेसबुक पेज सार्वजनिक गरेकी थिइन् ।

त्यसैगरी कमिटीका अध्यक्ष सुशिला श्रेष्ठले कमिटीले महिला सशक्तिरणका लागि सञ्चालन गर्दै आएको हरेक गतिविधीमा युवाको सहभागिता बढाउँदै उनीहरुलाई जिम्मेवार बनाउने उद्देश्यले कार्यक्रमहरु सञ्चालन गर्दै आएको बताइन् ।

कार्यक्रममा अविरलः द आर्ट ग्रुपले नाटक, रचना दाहाल एण्ड ग्रुपले साङ्गीतिक प्रस्तुती, सि डिसाइडेड कोर टिम लगायत सहभागीहरुले मनोरञ्जनात्मक तथा रचनात्मक गतिविधी मार्फत सन्देश दिएका थिए ।

1

दोलखा भीमसेनलाई फेरी आयो पसिना

2

कंगना रनौतलाई कोरोना संक्रमण पुष्टि

3

बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै, बार्सिलोनाका प्रशिक्षक यसो भन्छन्

4

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

5

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

6

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक


Share Tweet Send