durbar-times

अपहरित २७९ विद्यार्थीको सकुशल उद्धार


अपहरित २७९ विद्यार्थीको सकुशल  उद्धार

नाइजेरियाको उत्तरपश्चिम  क्षेत्रबाट एक सशस्त्र समूहले शुक्रबार गरेका २७९ विद्यार्थीको उद्धार गरिएको छ ।

एएफपी समाचार एजेन्सीका अनुसार अपहरित २७९ विद्यार्थीहरुलाई फिर्ता ल्याइएको राज्यका गभर्नर डा. बेलो माटावालएल जानकारी दिएका छन् ।

सशस्त्र समूहले विद्यालयलाई नियन्त्रणमा लिई एउटा माध्यमिक विद्यालयमा अध्ययन गर्ने छात्र छात्राहरूलाई अपहरण गरेका थिए । स्थानीयका अनुसार एक आपराधिक सशस्त्र डाँकाहरूको समूहले उत्तरपश्चिम क्षेत्रको विज्ञान विषय पढाई हुने उक्त विद्यालयबाट विद्यार्थीहरूलाई अपहरण गरी लगेका थिए ।

पछिल्ला वर्षहरूमा नाइजेरियामा डाँका समूहले विद्यार्थीलाई बन्धक बनाई लाने र फिरौती माग्ने, बलात्कार गर्ने र उनीहरूको महत्वपूर्ण सम्पत्ति लुट्ने गरेका घटनाहरू पटकपटक सञ्चारमाध्यममा आएका छन् ।

गत डिसेम्बरमा पनि कन्कारा र राष्ट्रपति मुहम्मद बुहारीको गृहराज्य कात्सिनाबाट उनी त्यही राज्यमा भ्रमण गरिरहेका समय विद्यालयका  करिब ३०० किशोरहरूलाई अपहरण गरेका थिए । दुई महिना पहिलेको उक्त अपहरणको केही समयपछि विदार्थीहरूलाई छोडिएको थियो ।

1

ला लिगा: बार्सिलोना र एट्लेटिको म्याड्रिड भिड्दै

2

भारतमा एकैदिन संक्रमणका कारण मृत्यु हुनेको संख्या ४ हजार नाघ्यो

3

जापानका विभिन्न क्षेत्रमा लगाइएको आपतकाल फेरि बढाइयो

4

प्रधानमन्त्री ओलीले बोलाए आकस्मिक मन्त्रिपरिषद् बैठक

5

कांग्रेस संसदीय दलको बैठक बस्दै

6

एनएसएल: आज दुई खेल, प्लेअफ पुग्नेको टुंगो लाग्ने


Share Tweet Send