प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनल १-० गोल अन्तरले बर्नलि संग आफ्नै घरेलु मैदानमा पराजित भएको छ ।
आर्सनलले प्रिमियर लिगमा अघिल्लो चार खेलमा ३ मा हार र १ बराबरी खेलेको छ। गएराती भएको खेलमा पहिलो हाफ गोल रहित बराबरीमा रोकिएको थियो । दोस्रो हाफको ५८ औं मिनेटमा आर्सनलका जाकाले रातो कार्ड खाएर मैदानबाट निस्किएका थिए । १० खेलाडीमा सिमित रहेको आर्सनल ७३ औं मिनेटमा अबुमियांगको आत्मघाती गोलबाट हार बेहोर्न बाध्य बनेको हो।
हारसंगै आर्सनल १२ खेलमा १३ अंक सहित पुछारबाट छैटौ स्थानमा छ भने बर्नलि ११ खेलमा ९ अंक सहित पुछारबाट चौथो स्थानमा छ ।
यो पनि :