भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा


भारतीय सेना प्रमुख नरवणे काठमाडौंमा

काठमाडौं | भारतीय स्थलसेनाध्यक्ष मनोज मुकुन्द नरवणे काठमाडौं आइपुगेका छन् । भारतीय सैनिकको विशेष विमानमार्फत उनी त्रिभुवन विमास्थलमा उत्रिएका हुन् ।

प्रधानसेनापति पूर्णचन्द्र थापाको औपचारिक निमन्त्रणामा नेपालको तीनदिने भ्रमणका लागि बुधबार उनी काठमाडौं आइपुगेका हुन्।

भारतीय सेनाध्यक्ष नरवाणे नेपाल आउनुअघि नेपाली सेनाले सार्वजनिक गर्‍यो यस्तो भिडियो
भारतीय सेनाध्यक्ष एमएम नरवणेको नेपाल भ्रमण हुनुभन्दा एक दिनअघि नेपाली सेनाले नेपाल र भारतीय सेनाको सम्बन्धबारे एउटा भिडियो सार्वजनिक गरेको छ। सो भिडियोमा मुख्यतः नेपाल र भारतले एक अर्काका सेनाप्रमुखलाई मानार्थ महारथीको उपाधी प्रदान गर्ने प्रचलन र दुई सेनाबीचको सम्बन्धबारे प्रस्तुति रहेको छ। सो प्र…

नेपाली सेनाका बलाधिकृत रथी प्रभुराम शर्मा नरवाणेको स्वागत गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुगेका थिए। राष्ट्रपति विद्यादेवी भण्डारीले उनलाई बिहीबार अपराह्न सेनाको मानार्थ महारथी दर्जा प्रदान गर्ने सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

सोही अवसरमा राष्ट्रपतिसँग उनले शिष्टाचार भेट गर्नेछन्। नेपालका तर्फबाट मानार्थ महारथी प्राप्त गर्ने नरवाणे १८औँ सेनापति हुन्।

नरावणे सोल्टी होटलमा बस्नेछन् । आजै उनी पत्नी विणासहित पशुपतिनाथको दर्शन गर्न जानेछन् । नरावणे बस्ने सोल्टी होटललगायतका क्षेत्रमा सुरक्षा व्यवस्था कडा पारिएको छ ।

भारतीय सेनाध्यक्षको नेपाल भ्रमणमा सीमा विवादबारे छलफल हुने !
काठमाडौं। भारतीय सेनाध्यक्ष जनरल मनोजमुकुन्द नरवणेको नेपाल भ्रमणको क्रममा नेपाल भारत सीमामा देखिएको समस्याबारे छलफल हुने बताइएको छ। भारतीय सञ्चारमाध्यम ‘द प्रिन्ट’का अनुसार नेपाली समकक्षी प्रधानसेनापति पूर्णचन्द्र थापासँग १८ सय किलोमिटर लामो सीमाको ब्यवस्थापनका पक्षहरुमा महत्वपूर्ण छलफल गर्ने कार्य…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...