१२ मंसिर, काठमाडौं । इंग्लिस क्लबआर्सलन र लेस्टर सिटी युरोपको दोस्रो श्रेणीको क्लब फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् ।
दुबै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।
समूह बी अन्तर्गत आर्सनलले अपराजित यात्रा कायम राख्ने क्रममा गएराति मोल्डेलाई ३-० ले हरायो । आर्सनलका लागि निकोलस पेपले ५०औं, रेइस नेल्सनले ५५औं र फ्लारिन बालोगुनले ८३औं मिनेटमा गोल गरे ।
जितपछि ४ खेलबाट शतप्रतिशत नजितासहित १२ अंक जोडेको लण्डन क्लब आर्सनल शीर्ष स्थानमा छ ।
उता लेस्टर सिटी भने समूह जी को खेलमा ब्रागासँग ३-३ को बराबरी खेल्दै अन्तिम ३२ मा पुगेको छ । तीन पटक पछि परेको अवस्थामा पनि लेस्टरले पुनरागमन गर्दै बराबरी गरेको हो । जेमी भार्डीले इन्जुरी टाइमको पाँचौ मिनेटमा गोल गर्दै लेस्टरलाई हारबाट बचाएका थिए । बराबरीपछि समूह जी मा लेस्टरको ४ खेलबाट १० अंक भएको छ र शीर्ष स्थानमा छ । ब्रागा ७ अंकसहित दोस्रो स्थानमा छ ।
यो पनि पढ्नुहोस्: रोमा र जर्मन क्लब होफेनहेइम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश