एजेन्सी । इंग्लिस प्रिमियर लिग फुटबलमा आर्सनल घरेलु मैदानमै पराजित भएको छ ।
आइतबार राति भएको खेलमा आर्सनल उल्भ्ससँग २-१ गोल अन्तरले पराजित भएको हो ।
इमिरेट्स स्टेडियममा भएको खेलमा पेड्रो नेटोले खेलको २७ औं मिनेटमा उल्भ्सलाई सुरुवाती अग्रता दिलाएका थिए भने ३० औं आर्सनलका गाब्रिएलले एक गोल गर्दै खेल बराबरीमा लेराएका थिए । तर खेलको ४२ औं मिनेटमा डानिएलले उल्भ्सको लागि दोस्रो गोल गरे जुनले गर्दा आर्सनलले हार बेहोर्नु पर्यो ।
मेक्सिकन खेलाडी राहुल जिमिनेज़ कर्नर बलमा हेड गर्ने क्रममा उनी आर्सनलका डेभिड लुइजसँग जुध्न पुग्दा टाउकोको हड्डी फ्राक्चर भएर खेलको १५ औं मिनेटमा स्ट्रेचरको सहायताबाट मैदानबाट बाहिरिएका थिए ।
जितसंगै उल्भ्स १० खेलमा १७ अंक जोड्दै छैटौं स्थानमा उक्लिएको छ भने आर्सनल १३ अंक सहित १४ औं स्थानमा रहेको छ ।