http://bit.ly/bajajdurbartimes

टुंगियो आर्सनलको अपराजित यात्रा, लेस्टर र म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिए


टुंगियो आर्सनलको अपराजित यात्रा, लेस्टर र म्यानचेस्टर युनाईटेड बराबरीमा रोकिए

प्रिमियर लिग अन्तर्गत गए राती भएको खेलमा आर्सनलले चेल्सी माथि ३-१ को जित हात परेको छ । आर्सनलको घरेलु मैदानमा भएको खेलमा आर्सनलले ७ खेल पछि जित हासिल गरेको हो ।

लगातार ७ खेलमा जित निकाल्न नसकेको आर्सनलले चेल्सीलै पराजित गर्दै अपराजित यात्रालाई पुर्णबिराम लगाएको छ । जितका लागी लाकाजेटले खेलको ३४ औं मिनेटमा पेनाल्टी मार्फत पहिलो गोल गरेका थीए भने खेलको ४४ औं मिनेटमा जाकाले दोश्रो गोल गर्दै अग्रता दोब्बर भनाएको थियो भने दोस्रो आफको  ५६ औं मिनेटमा साकाले तेश्रो गोल गर्दै आर्सनलले जित आफ्नो पोल्टामा हालेको हो ।चेल्सीका लागि भने अब्राहमले एक गोल गरेका थिए ।  जित पछि १५ खेलमा १७ अंक सहित आर्सनल अंक तालिकाको चौधौं स्थानमा छ भने चेल्सी१५ खेलमा २५ अंक सहित अबका तालिकाको साथौँ स्थानमा छ ।

हिजोनै भएको अर्को खेलमा लेस्टर र म्यानचेस्टर युनाईटेड बिचको खेल २-२ गोल को बराबरीमा सकिएको छ । खेलको पहिलो हाफको २३ औं मिनेटमा रासफोर्ड गोल गर्दै युनाईटेडलाई अग्रता दिलाएका थिए भने ३१ औं मिनेटमा बर्नेसले गोल गर्दै खेल बराबरीमा ल्याएका थिए भने दोस्रो हाफको ७९ औं मिनेटमा बुर्नोले गोल गर्दै पुन युनाईटेडलाई अग्रता भने खेलको ८५ औं मिनेटमा तुएनज़ेबेले आत्मघाती गोल गर्दै खेल बराबरीमा सकिएको  हो । खेल बराबरीमा सक्ये संगै दुवै टोलिले एक एक अंक बाडेका छन् । १५ खेलमा २८ अंक सहित लेस्टर अंक तालिकाको तेस्रो स्थानमा छ भने म्यानचेस्टर युनाईटेड १४ खेलमा २७ अंक सहित अंक तालिकाको चौथौं स्थानमा छ ।

1

एपिएफको जितमा सावित्राको ह्याट्रिक

2

बच्चाको डिम्याट खाता यसरी खोल्नुहोस्

3

नेपाललाई कोरोनाविरुद्धको खोप दिने सिरम इन्स्टिच्युटमा आगलागी(भिडियो)

4

हेल्मेट म्यानःजाे बिना पैसा हेल्मेट बाँडेर समाजसेवा गरिरहेका छन्

5

ह्वात्तै घटे लाेकसेवाका परीक्षार्थी

6

पछिल्लो २४ घण्टामा देशभर ३ सय ३६ जनामा कोरोना पुष्टी


Share Tweet Send