http://bit.ly/bajajdurbartimes

रोमा र जर्मन क्लब होफेनहेइम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश


रोमा र जर्मन क्लब होफेनहेइम युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

इटालियन क्लब रोमा र जर्मन क्लब होफेनहेइम फुटबल युरोपा लिगको अन्तिम ३२ मा प्रवेश गरेका छन् । दुबै टोली समूह चरणमा दुई खेल खेल्न बाँकी रहँदै नकआउट चरणमा प्रवेश गरेका हुन् ।

समूह ए अन्तर्गत खेलमा सिएफआर क्लुजलाई २-० ले पराजित गर्दे रोमा पनि अन्तिम ३२ मा प्रवेश गरेको छ । पहिलो हाफ गोलरहित बराबरीमा रोकिए पनि दोस्रो हाफमा रोमाले दुई गोल गर्‍यो । ४९औं मिनेटमा क्लजुका गाब्रिएल डेबेजुहले आत्मघाती गोल गरे भने ६७औं मिनेटमा रोमाका जोर्डन भेरेटोटले पेनाल्टीमा गोल गरेका थिए ।

जितपछि ४ खेलबाट १० अंक जोड्दै रोमा शीर्ष स्थानमा छ । क्लुज भने ४ अंकसहित तेस्रो स्थानमा छ ।

यस्तै समूह एलमा होफेनहेइमले अपराजित यात्रा कायम राखेको छ । सल्भान लिबेरेकलाई २-० ले पराजित गर्दै होफेनहेइमले शतप्रतिशत नतिजाका साथ १२ अंक जोडेको छ । होफेनहेइमका लागि क्रिस्टोफ बाउमगाटनर र आन्द्रे क्रामारिकले गोल गरे ।

स्लोभान लिबेरेक भने ३ अंकसहित तेस्रो स्थानमा छ ।

यो पनि पढ्नुहोस्: आर्सलन र लेस्टर सिटी युरोपा लिगको अन्तिम ३२ मा प्रवेश

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send