http://bit.ly/bajajdurbartimes

असफल युवा नेतृत्व , जाे स्वर्णीम इतिहास लेख्नबाट चुके


असफल युवा नेतृत्व , जाे स्वर्णीम इतिहास लेख्नबाट चुके

नेपाली राजनीतिमा सबैभन्दा बढी बाेलिने तर व्यवहारमा प्रयाेग नगरिने शब्द हाे युवा , अझ भन्ने हाेभने युवा नेतृत्व । इतिहासदेखि आजसम्म हेर्दा सबैभन्दा बढी पिडीत भएका छन् युवाहरू राजनीतिमा । विद्यार्थी राजनीतिदेखि आफ्नाे राजनैतिक जीवनकाे सुचारू गरेकाे नेताहरू पार्टीकाे केन्द्रीय कमिटीसम्म त पुग्छन् तर कहिल्यै निर्णायक हुन सक्दैनन् ।

नेपालका सबै राजनितिक दलहरू चाहे त्याे कम्युनिष्ट पार्टि हाेस् , चाहे प्रजातान्त्रिक पार्टी हाेस् सबैमा नेतृत्व पंक्तिमा हेर्ने हाे भने बृद्दहरूकाे ने बाहुल्यता देखिन्छ ।
अहिलेकाे अवस्थामा हेर्दा केपी अाेली , शेरबहादुर देउवा, रामचत्द्र पाैडेल, प्रचण्ड , माधव नेपाल, बाबुराम भटटराइ , राजेन्द्र महताेहरू सबै ६० वर्षभन्दा माथिका नेताहरूनै सबै पार्टिकाे निर्णायक तह र तप्कामा रहेका छन् ।

सबै राजनीतिक दलहरूकाे कुनै न कुनै बैठकमा युवा नेतृत्वकाे कुरा उठेकै हुन्छ , तर कहिल्यैपनि युवाहरूलाइ सहजै सत्ता हस्तान्तरण गर्नभने काेही तयार हुँदैनन् । बरू बृद्द नेताहरू आफूलाइ नै युवा घाेषणा गर्न पछि पर्दैनन्

याे लेखमा अहिलेकाे वर्तमान राजनीतिमा आफूलाइ युवा नेता हुँ भन्ने तर कहिल्यै निर्णायक तहमा पुग्न नसक्ने विभिन्न नेताहरूबारे चर्चा गरिने छ । सबैभन्दा पहिले कुरा गराैँ अहिले विभाजनकाे संघारमा पुगेकाे नेकपामा रहेका युवा नेतृत्वहरूकाे -

याेगेश भट्टराइ

नेकपा एकिकृत हुनुभन्दा अघिकाे तत्कालीन नेकपा एमाले काे पार्टी सचिव र प्रचार विभाग प्रमुख रहेका याेगेश भट्टराइ वर्तमान प्रधानमन्त्री केपी शर्मा अाेलीकाे मन्त्रीमण्डलमा सँस्कृति , पर्यटन तथा नागरिक उड्ययन मन्त्रीकाे रूपमा सत्तामा रहेकाे थिए। तर केपी अाेलीले संविधानकाे मर्म र भावना विपरीत संसद विघटन गरेपछि उनले मन्त्रीपदबाट राजिनामा दिएका थिए ।

२०२१ साल भदाै २१ गते ताप्लेजुंगकाे साँघुमा जन्मिएका याेगेश २०३६ सालकाे विद्यार्थी अान्दाेलनबाट वाम राजनीतिमा प्रवेश गरेका हुन् । २०४६ सालमा नेकपा एमालेकाे भातृ संगठन अनेरास्ववियुकाे केन्द्रीय सदस्य बनेका याेगेश भट्टराइ २०५१ देखि २०५६ सम्म अनेरास्ववियुकाे अध्यक्ष बनेका थिए ।

विद्यार्थी राजनीतिदेखि पार्टीमासमेत प्रमुख भुमिकामा देखिँदै आएका याेगेश भट्टराइ पार्टीभित्र भने चरम गुटबन्दी र अनैतिक कदमकाे साक्षी बनिरहे। युवाहरूकाे आशा र भराेसाकाे केन्द्रमा रहेका याेगेशले पार्टी फुटकाे संघारमा पुगिसक्दा पनि समन्वयकारी भूमिकामा मात्र आफूलाइ केन्द्रित गरिरहे,। युवा राजनीतिकाे वकालत गरेर कहिल्यै नथाक्ने याेगेश पार्टी संकटमा पर्दा युवाहरूले हस्तक्षेप गरेर पुस्ता हस्तान्तरण गरि नयाँ इतिहास बनाउन सकिन्छ भन्ने तर्फ कहिल्यै गएनन् । नेकपाकाे केन्द्रीय कमिटिमा रहेका अन्य युवा नेतृत्वहरूकाे साथ र सहयाेग लिइ पार्टीमा कसैले अनैतिक कदम चालेमा युवा नेतृत्व त्यसकाे खिलापमा रहने र युवाहरूले पार्टीमा हस्तक्षेपकारी भुमिका निर्वाह गर्ने एउटा स्वर्णीम इतिहास लेख्नबाट याेगेश भट्टराइ बन्चित भएका छन् ।

शेरधन राइ

२०५६ सालकाे प्रतिनिधीसभाकाे चुनावमा कान्छाे सांसद बन्न सफल भएका शेरधन राइ हाल प्रदेश एककाे मुख्यमन्त्रीमा पदासीन छन् । नेकपाका युवा नेताहरूकाे कुरा गर्दा छुटाउनै नहुने नाममध्ये शेरधनकाे नाम पनि पर्दछ ।

२०४४ सालमा अनेरास्ववियुबाट नेपाली राजनीतिमा प्रवेश गरेका शेरधन राइ केन्द्रीय मन्त्रीसम्म बनेर अहिले प्रदेश एककाे मुख्यमन्त्री पदमा काम गरिरहेका छन् ।

पार्टीभित्र नैतिक चरित्रमाथि प्रश्न उठिरहेकै बेला उनी मुख्यमन्त्रीपदमा निर्वाचित भएपछि नेपाली जनतामा राजनीतिमाथीकाे विश्वास धुमिलिएकाे थियाे । युवा जाेश र जाँगर उनले पार्टीमा देखाएर पार्टीलाइ मजबुत बनाउनुपर्नेमा भागबण्डामा परेर मुख्यमन्त्री बनेपछि उनकाे युवापन नेपाली जनताले पत्याइहाल्ने खाले देखिएन । पार्टीभित्र पुस्ता हस्तान्तरणकाे कुरा चलिरहँदा पनि उनी चुप बसिरहे । इतिहासले उनकाे याे निष्कृयपनालाइ पक्कै सम्बाेधन गर्ने नै छ ।

नेपाली कांग्रेसमा हेर्ने हाे भने एकमात्र प्रभावशाली युवा नेता देखिन्छन् । ती हुन गगन थापा अब कुरा गराैँ उनै थापाकाे

गगन थापा

२०४६ सालकाे जनआन्दाेलनबाट नेपाली राजनीतिमा सक्रिय भएका गगन थापा नेपाली कांग्रेसकाे भातृ संगठन नेविसंकाे केन्द्रीय महासचिवकाे भूमिकामा २०५९ साल देखि २०६१ सालसम्म रहे।

वर्तमान नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डकाे मन्त्रीपरिषदमा स्वास्थ्यमन्त्री भइसकेका गगन थापा पार्टीभित्र र बाहिरसमेत लाेकप्रिय नेताका रूपमा चिनिन्छन् ।

पार्टीमा शेरबहादुर देउवा र रामचन्द्र पाैडेलबीचकाे चरम गुटबन्दीकाे शिकारमा गगन थापा पनि अछुताे रहन सकेनन् । पार्टीमा बृद्द नेतृत्वहरू मात्र निर्णायक तहमा रहने नेपाली कांग्रेसकाे विशेषता नै बनिसकेकाे छ । पार्टीकाे महाधिवेशन समयमा गर्न नसक्ने र भएकाे समयमा पनि गुटबन्दी र पैसाकाे खेलमा सत्ता हस्तान्तरण नहुने नेपाली राजनीतिकाे अर्काे विशेषता हाे ।

भाषणमा युग नै परिवर्तन गराैँला जस्ताे गर्ने तर पार्टीभित्र आफ्नाे ल्याकत देखाउन नसक्ने नेताहरूकाे सूचिमा गगन थापाकाे नाम पनि पर्दछ । क्याम्पसकाे राजनीतिदेखि नै चर्चामा रहेका र प्रखर वक्ताकाे रूपमा चिनिएका गगनले पार्टीमा युवा हस्तक्षेपकाे रणनीति कहिल्यै अपनाएनन् ।

हुन त कांग्रेसकाे युवा राजनीति गर्ने तरूण दलमा समेत युवा नेतृत्व नदेखिएकाे अवस्थामा पार्टीमा नै युवा राजनीतिज्ञकाे आश गर्नु पनि वान्छनीय देखिँदैन ।

माथी उल्लेखित प्रतिनिधी पात्रमात्र नभएर समग्र राजनीति नै युवाविमुख देखिन थालेकाे छ । प्रत्येक राजनीतिक पार्टीमा उमेर हदबन्दी नताेकिनु , पार्टीमा नैतिक कारबाहीकाे दायरा फराकिलाे नहुनु , गुटगत प्रवृत्तीकाे अन्त्य हुन नसक्नु , पद र सत्ताकाे लाेभमा देशकाे हित र जनताकाे पक्षमा सबल रूपले खडा हुन नसक्नुजस्ता प्रकृतिले गर्दा युवा नेतृत्वहरूकाे काँधमा कुनै जिम्मेवारी पर्न सकेकाे देखिँदैन । उपयुक्त समयकाे पहिचान गर्न  नसक्नु र पार्टी र देश युवाले पनि हाँक्न सक्छ भन्ने अात्मविश्वास युवा नेतृत्वमा नदेखिनु नै प्रमुख समस्याकाे रूपमा देखा परेकाे छ । भातृ संगठनमा नै ४० वर्षभन्दा बढीका नेताहरू हुनु र केन्द्रमा पुगेपछि पनि पालाे कुरेर बस्नुले क्षमतामा ह्रास र अालस्यपनाकाे बृद्दि हुँदा नेतृत्वमा पुग्न ढिला भैरहेकाे पनि देखिन्छ ।

1

पछिल्लो २४ घण्टामाथप ३२२ जनामा कोरोना संक्रमण पुष्टि

2

रविभवनस्थित सोल्टी सिटी अपार्टमेन्टमा आगलागी

3

नयाँ उचाइमा स्थिर नेप्से

4

नेकपाका दुइ पक्षबीच कुटाकुट

5

प्रधानमन्त्री कपमा गण्डकीको पहिलो जित

6

समस्या आइरहने काठमाडाैँका ट्राफिक लाइट


Share Tweet Send