काठमाडौँ | सरकारले भारतसँगका विवाद वार्ताबाट समाधान गर्ने बाटोमा अगाडि बढेको बताएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले भारतीय विदेश सचिवको हालै सम्पन्न नेपाल भ्रमणले लामो समयदेखिको संवादहीनता अन्त्य गरी सबै विवादलाई वार्ताबाट हल गर्ने बाटोमा लगेको बताएका हुन् ।
विदेश सचिवको नेपाल भ्रमणमा सीमा सम्बन्धी समस्यालाई औपचारिक एजेन्डा बनाएर उठाइसकेको र त्यसलाई प्रेस विज्ञप्तिमा समेत उल्लेख गरिएको बताए । नेपालले जुन उचाइबाट सीमा समस्याको कुरा राख्नुपर्ने हो, त्यसलाई औपचारिक रुपमा नै एजेन्डा बनाएर राखिएको प्रष्ट पारे ।
व्यापार, वाणिज्य, जलस्रोत, सीमा विवादका विषयमा भारतसँग स्पष्ट छलफल गर्ने बाटो खुल्ला भएको र त्यसलाई भारतीय सरकारले पनि स्वीकार गरेको बताए । यस्तै सीमा सम्बन्धी विषयमा छलफल गर्ने गरी दुई देशका सचिव स्तरीय बैठक बस्ने तयारी भइरहेको पनि मन्त्री ज्ञवालीले बताए ।
यो पनि पढ्नुहोस्:
पुसको पहिलो साता परराष्ट्रमन्त्री ज्ञवालीले भारत भ्रमण गर्ने
के के गरे भारतीय विदेश सचिवले नेपाल आएर?