अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट टिमको घोषणा


अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट टिमको घोषणा

एजेन्सी । अष्ट्रेलियाले भारतसँग खेल्ने टेस्ट क्रिकेट टिमको घोषणा गरेको छ । अष्ट्रेलिया क्रिकेटले बिहीबार टेस्ट सिरिजका लागि १७ सदस्सीय टिमको घोषणा गरेको हो ।

अष्ट्रेलियाले टिम पेनको कप्तानीमा टिमको घोषणा गरेको हो । टेस्ट टिममा युवा खेलाडी क्यामरुन ग्रीन र विल पोकोस्भीले स्थान बनाएका छन् । अष्ट्रेलियाले घरेलु भूमिमा भारतसँग ४ खेलको टेस्ट सिरिज खेल्नेछ ।

पहिलो टेस्ट डिसेम्बर १७ मा एडिलेटमा सुरु हुनेछ । त्यसअघि भारत र अष्ट्रेलियाबीच टी-ट्वान्टी र एकदिवसीय सिरिज हुनेछ ।

१४ औं संस्करण आईपीएलमा टिम संख्या बढाउने तयारी
एजेन्सी । भारतको फ्रेन्चाइज क्रिकेट इण्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको टिम संख्या बढ्ने भएको छ । भारतीय क्रिकेटको सर्वोच्च निकाय बीसीसीआईले आईपीएलको टिम संख्या बढाउने तयारी गरेको छ । बीसीसीआईले आईपीएलको टिम संख्या थप गर्दै ९ बनाउने तयारी गरेको भारतीय पत्रिका द हिन्दुले जनाएको छ । …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...