ला लिगामा रियल मड्रिड र बार्सिलोना स्तब्ध


ला लिगामा रियल मड्रिड र बार्सिलोना स्तब्ध

स्पेनिस ला लिगा फुटबलमा साविक विजेता रियल मड्रिड र बार्सिलोना पराजित भएका छन् । शनिबार राति भएको खेलमा रियल  र बार्सिलोना १-० गोल  पराजित भएका हुन् ।

रियल घरेलु मैदानमै नव प्रवेशी क्लबसँग स्तब्ध भएको हो । क्याडिजलाई जित दिलाउन एन्थोनी लोजानोले निर्णायक गोल गरे ।

बार्सिलोना गेटाफेसंग १–० ले स्तब्ध बनेको हो ।

गेटाफेका फरवार्ड जयमी माटाले दोस्रो हाफमा पेनाल्टीमा गोल गर्दै बार्सिलोनाविरुद्ध जित निकाल्न सफल भए ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...