स्पेनिस लिग लालिगामा गएराति भएको खेलमा बार्सिलोनाले ग्रानाडा माथि ४-० को सानदार जित हात पारेको छ भने रियल र ओसासुना बीचको खेल बराबरीमा रोकिएको छ ।
ग्रानाडाको घरेलु मैदानमा भनेको खेलमा बार्सिलोनाले ग्रानाडा माथि ४-० को जित हात परेको छ । बार्सिलोनाका लागि लियोनल मेसीले खेलको ३५ र ४२ औं मिनेटमा दुई गोल गरेका थिए भने ग्रिजम्यानले खेलको १२ औं र ६३ औं मिनेटमा गोल गर्दै जित हात पारेका हो । जित संगै १८ खेलमा ३४ अंक सहित बार्सिलोना तालिकाको तेस्रो स्थानमा छ भने १७ खेलमा २४ अंक सहित ग्रानाडा तालिकाको साथौँ स्थानमा छ ।
हिजोनै भएको अर्को खेलमा रियल र ओसासुना बिचको भएको खेल गोल रहित बराबरीमा सकिएको छ । बराबरी भए संगै दुवै टोलिले अंक बाडेका छन् । १८ खेलमा ३७ अंक सहित रियल तालिकाको दोस्रो स्थानमा छ भने १७ खेलमा १५ अंक सहित ओसासुना तालिकामा पुछारबाट दोस्रो स्थानमा छ ।