durbar-times

बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका


बार्सिलोनालाई शीर्ष स्थानमा उक्लने मौका

काठमाडौं । स्पेनिस ला लिगा फुटबलमा आज (मंगलबार) राति बार्सिलोनाले लेभान्टेसँग खेल्दै छ । लेभान्टेको घरेलु मैदानमा हुने दुई टोलीबीचको खेल नेपाली समयानुसार राति १ः४५ मा सुरु हुनेछ ।

बार्सिलोनालाई उपाधि होडमा आफूलाई बलियो बनाउन आजको खेलमा जित निकाल्नुपर्ने आवश्यक छ । लिगमा ३५ खेल खेलेको बार्सिलोना ७५ अंकका साथ तालिकाको तेस्रो स्थानमा छ ।

आजको खेलमा जित निकाल्न सके बार्सिलोना तालिकाको शीर्ष स्थानमा उक्लनेछ । शीर्ष स्थानको एट्लेटिको मड्रिडको ३५ खेलबाट ७७ अंक छ । समान ७५ अंक भएको रियल मड्रिड गोल अन्तरको आधारमा तालिकाको दोस्रो स्थानमा छ ।

1

गोकर्णप्रसाद ढुङ्गेलले लेखेका शब्द २४ वर्षपछि लघु गीतका रूपमा सार्वजनिक

2

२४ घण्टामा ३ हजार ९९४ जना संक्रमण मुक्त

3

३८ अंकले बढेको नेप्सेमा यी हुन सबैभन्दा बढी कमाउने र गुमाउने कम्पनी

4

यूरो कप आज आइतबार विभिन्न तीन खेल हुँदै

5

लुकाकुको दुईगोलमा बेल्जियमको जित , गोल क्रिष्ट्रियन एरिक्सनप्रति समर्पित

6

सुनको मूल्यमा गिरावट


Share Tweet Send