सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई


सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’: भट्टराई

काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा हेलिप्याड बनेपछि जनता समाजवादी नेपालका संघीय अध्यक्ष तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले प्रधानमन्त्री केपी शर्माओलीप्रति लक्षित गर्दै ‘सोख शान सबै राजारानीको जस्तो चाहिने’ भन्दै व्यंग्य गरेका छन् ।

प्रधानमन्त्रीको समय बचत हुने भन्दै बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण
काठमाडौं, २७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण गराएका छन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले विहीबार नागरिक उड्डयन प्राधिकरणकाे मापदण्डअनुसार प्रधानमन्त्री निवास बालुवाटारमा अत्याधुनिक हेलिप्याड निर्माण कार्य स…

उनले ट्विटरमार्फत सो कुरा भनेका हुन् । राजारानीको जस्तो सोख र शान चाहिनेले पार्टीको नामचाहिँ किन कम्युनिष्ट राखेको भन्दै प्रश्न समेत गरे ।

उनले ट्विटरमा लेखेका छन् ‘सोख शान सबै राजा/रानीको जस्तो चाहिने नाउँ चाहिँ किन ‘कम्युनिष्ट’ राख्नुपर्ने रहेछ हँ,’उनले थपे, ‘जुन गोरूको सिंग छैन उसको नाउँ तिखे ?’

पुनः राजसंस्था स्थापनाको माग गर्दै विराटनगरमा मोटरसाइकल र्‍याली
विराटनगर | राजसंस्था स्थापना गर्नुपर्ने माग गर्दै पर्साको वीरगञ्जमा र्‍याली निकाली नारा लगाइएको छ । ‘राजा जनता एक हौं, राजा आउ देश बचाउ’ लगायतका नारासहित आज र्‍याली निकालिएको हो । देशमा भ्रष्टाचार, अराजगता, हत्या, हिंसा, राजनीतिक अस्थिरता बढ्दै गइरहेको भन्दै यसको नियन्त्रणको लागि पुनः राजसंस्था स्थ…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...