ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई


ओलीलाई हटाउनैपर्छ: बाबुराम भट्टराई

काठमाडौं | जनता समाजवादी पार्टीका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले ओलीलाई हटाउनैपर्ने बताएका छन्।

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्षद्वयको मनमुटावका कारण पार्टी फूटको संघारमा पुगेको टिकाटिप्पणी भइरहेको छ । भट्टराईले सामाजिक सञ्जालमा एक ट्वीट गर्दै ओली सरकारको असफलता र भ्रष्टाचारबारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्ने बताएका हुन् ।

आज अध्यक्ष भट्टराईले नेकपाको झगडामा जनताले प्रश्न उठाउनुपर्ने उल्लेख गर्दै यसमा राष्ट्रपति र विदेशी कुटनीतिज्ञले हस्तक्षेप गर्न नमिल्ने तर्क गरेका छन्।

अध्यक्ष प्रचण्डले प्रधानमन्त्रीलाई लगाएका आरोपहरुको सडक र सदनबाट जवाफ मागिने छ: नेता थापा
नेपाली काँग्रेसका नेता गगन थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्डले’ प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोपहरुको सडक र सदनबाट जवाफ माग्ने बताएका छन् । दाहालले लगाएका आरोपको एक एक उत्तर दिन तयार रहन चेतावनी दिएका छन् । नेकपा सचिवालय बैठक १० दिनपछि, प्रधानमन्त्री ओलीले छुट्टै राजनीतिक प्रस…

उनले ट्वीटमा भनेका छन्, 'नेकपाको झगडा कसरी टुंग्याउने भन्ने उसको कुरा होला तर यी राज्य/जनताका मुद्दा प्रतिपक्षी दल/जनताले उठाउनैपर्छ है: १.राष्ट्रपति र विदेशी कुटनीतिज्ञले पार्टीगत कुरामा हस्तक्षेप गर्न मिल्दैन। २.ओली सरकारको असफलता/भ्रष्टाचारवारे उनकै पार्टीले समेत लिखित आरोप लगाइसकेपछि उनलाई हटाउनैपर्छ।'

नेकपा एकतामा संघर्ष चलिरहँदा प्रचण्डले सार्वजनिक गरे यस्तो भिडियो
नेकपा एकतामा बेजोड संघर्ष चलिरहँदा प्रचण्डको अधिकारीक फेसबुक पेजबाट एकताको आवश्यकता, पदका लोभमा भन्दा जनताको आवश्यकतामा ध्यान दिनु पर्छ जस्ता कुरा उल्लेख गरेका छन्। प्रस्तुत भिडियो

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...