काठमाडौं | नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रहरीले नियन्त्रणमा लिएकोमा पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले विरोध गरेका छन्।
पौडेल गिरफ्तारीपछि बाबुरामले ट्वीटरमार्फत राजावादीहरूलाई छुट दिने र गणतन्त्रवादीलाई निषेधाज्ञा र गिरफ्तार गर्ने ओली सरकारको चाला के हो भनी प्रश्न गरेका छन्।
राजावादीहरूलाई देशव्यापी वितण्डाको छुट तर गणतन्त्तवादीलाई निषेधाज्ञा र गिरफ्तार?ओली@kpsharmaoli सरकारको के हो चाला? @NcPaudel कै पालामा बनेको पुल उद्घाटन गर्न सत्ताधारीहरूद्वारा किन रोक? दालमा कालो देखियो है! https://t.co/C2Q8k8M2Li
— Baburam Bhattarai (@brb1954) December 2, 2020
यो पनि:
कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल पक्राउ(भिडियो सहित)
राजावादी’ को प्रदर्शन रोक्न निर्देशन, अटेर भए बल प्रयोग गर्ने चेतावनी
लिङ्देनले यस्तो जवाफ फर्काएपछी, "राजावादी, राष्ट्रवादी हैनन्" भन्ने बाबुराम चुपचाप