काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले नेकपा नेतृ रामकुमारी झाँक्रीले राष्ट्रपतिबारे विचार दिएकै आधारमा गिरफ्तार गर्नु नेपालको संविधान विपरित भएको टिप्पणी गरेका छन् ।
ट्वीटरमा संविधानको धारासहति ट्वीट गर्दै भट्राइले– ‘ओली सरकारले राष्ट्रपतिबारे विचार अभिव्यक्ति दिएकै आधारमा युवा नेतृ रामकुमारी झाँक्रीलाई गिरफ्तार गरेछ । नेपालको संविधानले प्रत्येक नागरिकलाई विचार र अभिव्यक्तिको स्वतन्त्रता दिन्छ । संविधानको पालन र संरक्षण गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने ? के सरकारको काल आएकै हो ?’ भनेर प्रश्न गरेका छन् ।
ओली सरकारले राष्ट्रपतिवारे विचार अभिब्यक्ति दिएकै आधारमा युवानेतृ रामकुमारी झॅक्रीलाई गिरफ्तार गरेछ!नेपालको संविधानले प्रत्येक नागरिकलाई “विचार र अभिव्यक्तिको स्वतन्त्रता”दिन्छ!”संविधानको पालन र संरक्षण”गर्नुपर्ने राष्ट्रपतिले नै उल्लंघन गरेपछि किन नबोल्ने?यो सरकारको काल आएकै हो? pic.twitter.com/BpG4tvVPn3
— Baburam Bhattarai (@brb1954) February 11, 2021