Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

बच्चाको घाँटीमा खाना अड्किए के गर्ने ?


बच्चाको घाँटीमा खाना अड्किए के गर्ने ?

बच्चाहरुले खाना खाँदा प्रायः अड्किरहेको हुन्छ  । यस्ताे अवस्थामा कतिपय अभिभावकहरू आत्तिन्छन् । बच्चालाइ खाना अड्कियाे भने के गर्ने भनेर कतिपय अभिभावकलाइ थाहा नभएर पनि यस्ताे हुन्छ । उसाेभए बच्चाहरूलाइ खाना अड्किएमा के गर्ने त ?

खाना खाँदा बच्चाहरुको घाँटीमा खाना अड्कियो भने प्राथमिक उपचार दिनुपर्छ। प्राथमिक उपचार दिन सबैभन्दा पहिला अभिभावक आफू नै तयार हुनपर्छ ।

आत्तिएर चिच्याउने, कराउने गर्नु हुँदैन जसले गर्दा बच्चाहरु बेहोस हुनसक्छन्। यदि बच्चाले खोक्ने प्रयास गरिरहेको छ भने खोक्न दिनुपर्छ।  

यदि उसले खोक्न सकिरहेको छैन भने आफ्नो तिग्रामा उसकाे टाउको तलपट्टी हुने गरी उल्टो पारेर उसको ढाडमा माथि तिर पर्ने गरेर 'ब्याक फ्लो' गर्नुपर्छ। त्यसाे गर्दा  भएन भने उत्तानो पारेर छातीमा मुखपट्टी जोड दिने, तर यो गर्दा गर्दै कसैलाई वा कुनै व्यक्तिलाई नजिकैको अस्पतालमा व्यवस्था मिलाउन पनि सतर्कता गराउनुपर्छ।  

अड्किएको कुरालाई हात या औंला हालेर झिक्न\तान्न खाेज्नुहुन्न किनभने त्यो झन् तल जान सक्छ।

यो अवस्थामा माथि उल्लेख गरिएकाे कुरा गर्नु भयो भने घरमा नै समस्या समाधान हुन सक्छ। माथि देखाइएको फोटो अनुसार उल्लेख भएका कुराहरु गर्न सक्नुहुन्छ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send