‘ब्याक अफ चाईना’ नाराको साथ माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन


‘ब्याक अफ चाईना’ नाराको साथ माईतीघरमा चिनियाँ हस्तक्षेपविरुद्ध प्रदर्शन

काठमाडौं | चीनले नेपालको भूमि मिचेको भन्दै माइतीघरमा प्रदर्शन भएको छ। स्वतन्त्र युवाको समूहले शनिबार बिहान प्रदर्शन गरेका हुन्।

प्रदर्शनमा उत्रिएकाहरुले ‘ब्याक अफ चाईना’ लेखेको प्लेकार्ड बोकेका थिए । चाईनिज विस्तारवाद मुर्दावाद, भूमि मिच्न पाईँदैन्, विदेशी हस्तक्षेप बन्द गर लगायतका नारा लगाएका थिए ।

प्रदर्शनमा आएका युवाहरूले नेपालको उत्तरी क्षेत्रमा चीनले आफ्नो रवैया देखाउँदै नेपाली भूमि मिचेको भन्दै फिर्ता गर्नुपर्ने बताए।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...