http://bit.ly/bajajdurbartimes

ब्याक अफ चाइना भन्दै बालुवाटारमा प्रदर्शन


ब्याक अफ चाइना भन्दै बालुवाटारमा प्रदर्शन

हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि ब्याक अफ चाइना भन्दै प्रदर्शन भएको छ

सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने मागसहित प्रदर्शनकारीहरूले नाराबाजी गरेका छन् ।

प्रदर्शनकारीहरूलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ।

हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् तर चिनियाँ पक्षले भने सीमा नमिचिएकाे दाबी गरेकाे छ ।

नेपाली भूमीमा भवन बनाएको ठाउँमा पुगेका हुम्लाको सिडिओको टोलीलाई चिनियाँ सेनाले हप्काएर पठायो

चीनले नेपाली जमिनमा ०६९ सालतिर बनाएको पुरानो भवन र हालै बनाएको नयाँ भवनहरु।

हुम्ला। नेपाल र चीनको सिमाना लिमिको लाप्चा बगरमा रहेको ११ नं. सीमा स्तम्भ हराएको ५ बर्ष भयो । यसको खोजी न चीनले गर्यो न त नेपालले नै । तर स्तम्भ हराएको केहि वर्षमै नेपाली भूमिमा चिनियाँहरुले भवन खडा गरे । यता बर्षेनी ११ नं. स्तम्भ खोजीको कुरा मात्र हुन्छ यसको कार्यान्वयन भने हुँदैन ।

यहि स्तम्भ हराएको मौका छोपी लिमिको लाप्चामा नेपाली भुमी अतिक्रमण गरी चिनियाँ पक्षले भवन निर्माण गरेको लिमिका स्थानियबासीको दाबी छ। स्थानियहरुलाई यो पनि आशंका छ की चिनियाँ सुरक्षा अधिकारीहरुले पहिला सीमा स्तम्भ गायब गराए त्यसपछि सिलसिलेवार ढंगले नेपाली भूमी अतिक्रमण गरि भवन बनाएर आफ्नो भएको दावी गरे। स्थानियहरुले यो जानकारी जिल्ला प्रशासनलाई गराएपछि एक टोली सो स्थानमा स्थलगत अध्ययन गरेर फर्केको छ ।

प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको नेपाली टोली सीमाबाट बिना निष्कर्ष खाली हात फर्किएको छ। चिनियाँ पक्षले लाप्चा बगरमा नेपाली भूमि अतिक्रमण नगरेको र भवन निर्माण गरेको भुमी चिनियाँ भएको दाबी गरेको छ ।

1

पिएम कपको चौथो संस्करणको छैटौं दिन आज दुई खेल हुँदै

2

आजको राशिफल

3

तोडफोड गर्ने खतरा भएपछि प्रदेश १ को संसदभित्रका कुर्सी वेल्डिङ

4

लियोनल मेसीलाई दुई खेल प्रतिबन्द

5

ओलीलाई भित्तामै पुर्‍याइदिन्छु: प्रचण्ड

6

प्रहरी कार्यालयमै नेकपा र कांग्रेसका कार्यकर्ताबीच झडप, प्रहरीद्वारा हवाइ फायर


Share Tweet Send