नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक १४ अंकले बढेको छ । आज नेप्से २५२८ अंकमा पुगेर बजार बन्द भएकाे छ ।
आज साल्ट ट्रेडिङको कम्पनीकाे मूल्य १० प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ भने ७ कम्पनीकाे मूल्य ९ प्रतिशतभन्दा बढीले उकालाे लागेकाे छ। चन्द्रागिरि हिल्स, रसुवागढी जलविद्युत, कालिका पावर, सान्जेन, वमी माइक्रोफाइनान्स, माथिल्लो तामाकोसी, रैराङ हाइड्रोपावरको मूल्य ९ प्रतिशत भन्दा बढीले बढेको छ।
आज सबैभन्दा बढी पन्चकन्या माइ हाइड्रोपावरको मूल्य ४ प्रतिशतले घटेको छ।
आज ५ अर्ब १४ करोड रुपैयाँको बराबरको शेयर काराेबार भएकाे छ । जसमा नेपाल इन्फ्रास्ट्रक्चर बैंक अग्रस्थानमा रह्यो। कम्पनीको मूल्य ५४० रुपैयाँ पुगेको छ।