सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला नहुने


सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला नहुने

डोटी | सुदूरपश्चिम प्रदेशकै ठूलो तथा अति नै महत्व राख्ने बडिकेदार मेला यो वर्ष नहुने भएको छ । भक्तजनको मनकामना पूरा गर्ने भन्दै निकै चर्चामा रहेको बडिकेदार गाउँपालिकामा पर्ने उक्त मेला कोरोना सङ्क्रमणका कारण नहुने भएको हो ।

मनले मागेको वर प्रदान हुने विश्वासका कारण उक्त मेलामा देशका विभिन्न स्थान तथा छिमेकी मुलुक भारतबाट समेत बर्सेनि भक्तजनहरु दर्शन गर्न तथा आफ्नो भाकल गर्न आउने गरेका छन् । बडिकेदार–५ को उच्च लेकाली डाँडामा तिहारपछि उक्त मेला लाग्ने गर्दछ ।

जिल्लामा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि बडिकेदार गाउँपालिकाले आफ्नो गाउँपालिकाभर यो वर्ष मेला पर्व नगर्ने निर्णय गरेको छ । गाउँपालिकाले तिहारको देउसीभैलोदेखि ठूला मेलापर्वहरु नमनाउन तथा त्यस्ता मेलामा नजान स्थानीयवासीलाई आग्रह गरेको छ । गाउँपालिकाले एक सूचना प्रकाशित गरी गाउँपालिकाभित्र मनाइने प्रसिद्ध बडिकेदार मेला, अलाणी मेला, धिर्काणी मेलालगायतका मेलापर्व मनाउन रोक लगाइएको जनाएको छ ।

यहाँ आयोजना हुने मेलापर्वमा तराई तथा भारतबाट पनि दर्शनार्थीहरु आउने तथा भिड बढी लाग्ने भएकाले कोरोना सङ्क्रमणको जोखिम बढी हुने भएकाले गाउँपालिकाभरमा हुने सबै मेलापर्व पूर्णरूपमा बन्द गरिएको गाउँपालिका अध्यक्ष कृष्णबहादुर चन्दले बताए ।

हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको गोदावरी पुष्प मेला नहुने
काठमान्डौ | हरेक वर्ष तिहारलाई लक्षित गरी हुने गरिएको ‘गोदावरी पुष्प मेला’ कोरोनाभाइरसका कारण यस वर्ष नहुने भएको छ । विगत तेह्र वर्षदेखि हुँदै आएको पुष्प मेला यसवर्ष कोरोनाका कारण रोकिएको हो । तिहार आउन एक हप्ता बाँकी हँुदा जावलाखेलको फुटबल मैदानमा पाँच दिनसम्म उक्त मेला हुने गरेको थियो । गत वर्ष म…
छठ पूर्जा गर्न दिन माग
विराटनगर | स्थानीय प्रशासनद्वारा सामूहिकरुपमा गरिने छठ पूजा रोक लगाएकोमा यहाँ विभिन्न समितिले विरोध जनाएका छन् । कोरोना भाइरसको महामारीको जोखिम जारी रहेको जनाउँदै प्रशासनले छठपूजामा रोक लगाएको जनाइएको छ । मोरङका नौ वटा छठ पूजा समितिले आज यहाँ पत्रकार सम्मेलन आयोजना गरी छठ पूजा आस्था र विश्वासको धरो…

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...