बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो


बागमती प्रदेशका मुख्यमन्त्रीलाई हेलिकोप्टरमा काठमाडौं ल्याइयो

काठमाडौं । बिहीबार कोरोना संक्रमण पुष्टि भएका बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई काठमाडौं ल्याइएको छ । बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेललाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ।

नेपाली सेनाको हेलिकप्टरबाट उनलाई काठमाडौं ल्याइएको उनको सचिवालयले जनाएको छ। मुख्यमन्त्रीका प्रेस संयोजक प्रकाश दाहालका अनुसार उनलाई अहिले काठमाडौं ल्याइएको र गंगालाल हृदयरोग केन्द्रमा उपचारका लागि लगिएको छ ।

बिहीबार कोरोना संक्रमण पुष्टि भएपछि मुख्यमन्त्री होम आइसोलेसनमा बसिरहेका थिए ।  पौडेलको केही समयअघि मुटुको अपरेसन गरिएको थियो ।


Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...