गजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना रणावत


गजनी बाइडेन, हरेक पाँच मिनेटमा उनको दिमाग खुस्किन्छ,एक वर्ष टिक्न सक्दैनन् :कंगना रणावत

भारतकी चर्चित अभिनेत्री कंगना रणावतले अमेरिकाको राष्ट्रपति बन्न लागेका जो बाइडेनबारे विवादस्पद टिप्पणी गरेकी छिन् । उनले सामाजिक सन्जालमर्फत टिप्पणी गरेकी हुन् ।

कंगनाले बाइडेनलाई भारतीय चलचित्र गजनीको पात्र ‘गजनी’सँग तुलना गरेकी छिन् । उनले बाइडेनको हरेक पाँच मिनेटमा दिमाग खुस्किने र सबै औषधिहरू लगाइएकाले बाइडेन एक वर्ष टिक्न नसक्ने बताइन् ।

अमेरिकाको ४६औं राष्ट्रपतिमा जोइ बाइडेन निर्वाचित
काठमाडौं। डेमोक्र्याट जोइ बाइडेन संयुक्त राज्य अमेरिकाको ४६औं राष्ट्रपतिमा निर्वाचित भएका छन्। मंगलबार सम्पन्न निर्वाचनले अमेरिकामा ४६औं राष्ट्रपतिका रुपमा जो बाइडेनलाई जिताएको छ। अब उनले आगामी चार वर्षका लागि ह्वाइटहाउसबाट अमेरिकाको नेतृत्व गर्ने छन्। उनी डेमाक्रेटिक पार्टीका सदस्य हुन्। बाइडेन ड…

कंगनाले ट्वीटमा भनेकी छिन्,‘हरेक पाँच मिनेटमा डेटा क्र्यास हुने गजनी बाइडेनको त भरछैन। उनको शरीरमा लगाइएका औषधिका कारण उनी एक वर्षपनि टिक्न सक्दैनन्। स्पष्ट रुपमा कमला ह्यारिसले सत्ता सम्हाल्नेछिन्। जब एक महिला उठ्छिन् उनले सबै महिलाको लागि बाटो बनाउँछिन्।’

बाइडेनबारे विवादस्पद अभिव्यक्ति दिएपछि उनको तिव्र आलोचना भइरहेको छ। राजनीतिको विषयमा ज्ञान नभएकी महिला भनेर हाल उनी आलोचित बनिरहेकी छिन्।

वासिङ्टन, राष्ट्रपति आवास, अमेरिका
आइतबार छुट्टी हुने भएकाेले, राष्ट्रपति ट्रम्प शनिबार बिहानदेखि देखि नै मूडमा थिए । चुनाव जित्छु भन्ने कन्फिडेन्ट उस्तै थियाे । स्वकीय सचिवलाई बाेलाएर बेलुका पाटीकाे आयाेजना गर्ने व्यवस्था मिलाउनु भनेर अह्राए । “As you wish Boss!” आज्ञा तुरुन्त पालना भयाे । शनिबार साँझ अमेरिकी राष्ट्रपति निवासमा ”न …

Share Tweet Send
प्रतिकृया दिनुहोस्
Loading...