Countdown : संसद पुनःस्थापना हुन बाँकी समय

सम्बन्धित खबर यहाँ पढ्नुहोस्
https://ntc.net.np/

बैंक सञ्चालकहरूले अर्थमन्त्रीसँग राखे यस्ता माग


बैंक सञ्चालकहरूले अर्थमन्त्रीसँग राखे यस्ता माग

बैंकलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स दिन बैंक सञ्चालकहरुले माग गरेका छन् । बैंक सञ्चालकहरुको संस्था बैंक तथा वित्तीय संस्था परिसंघ नेपालका पदाधिकारीले अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई भेटेर उक्त माग गरेका हुन् । भेटमा परिसंघका अध्यक्ष पवनकुमार गोल्यानले बैंकहरुलाई सहायक कम्पनीमार्फत ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्न अर्थमन्त्रीसँग आग्रह गरेका छन् ।

उनले भने, ‘देशैभरि छरिएर रहेको आर्थिक स्रोत परिचालन गर्न सेयर बजारमार्फत बैंकहरुलाई ब्रोकर लाइसेन्स सहजरुपमा दिने व्यवस्था गर्नुपर्छ ।’ उनले बैंकर र व्यवसायी छुट्ट्याउने हो भने संस्थापक सेयरलाई साधारणमा रुपान्तरण गरेर एक्जिटको बाटो खोल्नुपर्ने पनि बताए । अध्यक्ष गोल्यानले  भने, ‘प्रोमोटर सेयर पब्लिक सेयरमा रुपान्तरण गर्ने व्यवस्था गर्नुपर्छ । वित्तीय क्षेत्रलाई अरु व्यवसायसरह नै करका दर लागू गर्नुपर्ने, वित्तीय संस्थाहरु गाभ्ने–गाभिने प्रक्रियालाई सहज बनाउनका लागि स्प्रेड रेटमा १% सुविधा दिइनुपर्छ ।

’भेटमा परिसंघले बैंकहरुमा नेपाल राष्ट्र बैंकले हस्तक्षेपकारी नीति लिएको आरोप लगाउँदै आन्तरिक व्यवस्थापनका कार्यमा हस्तक्षेपकारी नीति हटाउनुपर्ने र नीतिगतरुपमा देखिएका व्यावहारिक समस्याहरुलाई सहज बनाउनुपर्ने बतायो । परिसंघले बैंकहरुले लिने सेवा शुल्क तोकेको भन्दै त्यस्तो शुल्क तोकेर ‘माइक्रो म्यानेजमेन्ट’ गर्न खोजेको आरोप लगाउँदै अर्थमन्त्रीसमक्ष गुनासो पोखेका छन् ।

बैंकहरुले तिर्ने करदको दर ३०% बाट २५% मा झार्न उनीहरुले माग गरेका छन् । परिसंघले अर्थ मन्त्रालयको राजस्व परामर्श समिति, नेपाल राष्ट्र बैंकको बोर्ड, लगानी बोर्ड, औद्योगिक प्रवद्र्धन बोर्ड, धितोपत्र बोर्डलगायतका महत्वपूर्ण निकायहरुमा आफ्ना प्रतिनिधि हुनुपर्ने माग अर्थमन्त्रीसमक्ष राखेको छ ।

परिसंघले बैंक तथा वित्तीय संस्थामा सञ्चालक समिति सात सदस्यबाट बढाएर नौ सदस्य बनाउनुपर्ने र मर्जरमा जाने संस्थाको हकमा त्यसलाई ११ सदस्य बनाउन सक्ने व्यवस्था गर्नसमेत माग गरेको छ ।

1

नेपाल टेलिकमबाट नागरिक एप चलाउँदा शुल्क नलाग्ने

2

पछिल्लो २४ घण्टामा थप ७३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि

3

नेप्से ४० अंकले बढ्दा निफ्राको मात्रै साढे ४४ करोडको कारोबार

4

युनाइटेड र चेल्सी बराबरीमा रोकिए

5

टोटेनहम र लिभरपुल बिजयी

6

लगातार सर्किटकाे यात्रामा चन्द्रागिरी


Share Tweet Send