सेयर बजारमा सामान्य करेक्सन देखिएको छ । समग्र नेप्से सूचकमा करेक्सन आए पनि बैंकिङ समूहको सूचक भने वृद्धि भएको छ । वाणिज्य बैंक, विकास बैंक तथा म्युचुअल फन्ड समूहका सूचक बढेका हुन् ।
नेप्से सूचक १६.११ अंकले घटेर २५२६.९२ विन्दुमा आइपुगेको छ । ८ अर्ब ४१ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ । १ करोड ६० लाख ५८ हजारभन्दा बढी कित्ता सेयर कारोबार भएको छ । खरिदबिक्री रकममा डिप्रोक्स लघुवित्त ५६ करोड ६३ लाख रुपैयाँसहित अग्रस्थानमा छ । दोस्रो र तेस्रोमा क्रमशः नबिल र कुमारी बैंक परेका छन् ।