बैतडी जिल्लामा नेपाली कांग्रेसले आयोजना गरेको आमसभामा नेकपाका कार्यकर्ताले ढुंगामुढा गर्दा दोहोरो झडप भएको छ ।
जिल्लाको डिलासैनी गाउपालिका–३ पनसेरामा दुई पक्षबीच झडप भएको हो। कांग्रेसको आमसभामा नेकपा समर्थकले आक्रमण गरेपछि झडप भएको कांग्रेस डिलासैनी गाउँपालिकाले जनाएको छ ।
झडपमा ६ जना घाइते भएका छन्। घटनास्थल तनावग्रस्त बनेको छ। अहिले पनि झडप जारी छ । घटनास्थलतर्फ प्रहरी टोली गइसकेको बताएको छ। प्रहरी घटनास्थलसम्म पुग्न केही समय लाग्ने बताएको छ।
विरोधसभामा कांग्रेस नेता एनपी साउद, डिला संग्रौला, नैनसिंह महरलगायत नेताले बोल्ने कार्यक्रम थियो।