काठमाडौं | नेकपाको दाहाल–नेपाल पक्षको स्थायी कमिटी बैठक सुरु भएको छ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बैठक सुरु भएको हो ।
आजको बैठकले पार्टी अध्यक्ष केपी ओलीलाई साधारण सदस्य समेतबाट कारबाहीको निर्णय गर्ने बुझिएको छ।
ओलीलाई दाहाल–नेपाल पक्षले पत्र नै पठाएर तीन दिनभित्र जवाफ नआएमा साधारण सदस्यसमेत नरहने गरी थप कारबाही गरिने जानकारी गराइसकेको छ।
बैठकमा समसामयिक राजनीतिक विषय, प्रतिनिधिसभा विघटनविरुद्धको आन्दोलनको कार्यक्रमलगायतका विषयमा छलफल हुने पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिएका थिए ।