काठमाडौं पुष -१ | अहिलेका चर्चित गायक प्रबिण बेडवाल तथा गायीका समिक्षा अधिकारीको सुमधुर आवाजमा सजिएको गीत "लाइदेउ माया" करुणा कंडेल को निर्माण रहेको म्युजिक भिडियो एरीना इन्टरटेन्टमेन्ट यू-टुब च्यानल मार्फत आज सार्वजनिक गरिएको छ।
यस गीतमा शब्द गणेश उप्रेती को रहेको छ भने संगीत सम्योजन पुरुशोत्तम न्यौपाने ले गरेका छन् ! गीतमा प्रखर अभिनयले खारिएका कलाकार द्वय सागर लम्साल 'बले' र गरिमा शर्माका साथै गीतकार गणेश उप्रेतीको पनि जोडदार अभिनय रहेको छ । म्युजिक भिडियो को निर्देसन र सम्पादन शक्ती प्रज्वल घिमिरे गरेका छन् भने कथा तथा कोरियोग्राफर मा प्रबिन थापा छन् । भिडियोलाई छयांकन नवराज घिमिरेले गरेका छन् । पहिलो पटक सागर लम्साल “बले” र गरिमा शर्मा यस गीतमार्फत प्रेमजोडी को रुपमा देखा परेका छन् । निर्माण पक्षले यो गीतले दर्शकको मन जित्ने विश्वास गरेको बताएका छन् । यसभन्दा अगाडि पनि गीतकार उप्रेतीको “लगन जुरेर ”गीत सार्वजनिक भाईसकेको छ ।
यो पनि :