डडेल्धुरा । बालिका बलात्कारको आरोपमा डडेल्धुरामा एक जना शिक्षक पक्राउ परेका छन् ।
१० वर्षीय बालिकालाई माथि जबरजस्ती बलात्कार गरेको आरोपमा ४७ वर्षीय शिक्षक पक्राउ परेका हुन् । गन्यापधुरा गाउँपालिका– ४ स्थित भुवनेश्वरी माध्यमिक विद्यालयमा कक्षा २ मा अध्ययनरत बालिकालाई बलात्कार गरेको आरोपमा शिक्षकलाई आइतबार प्रहरीले पक्राउ गरेको हो ।
बालिका र नियन्त्रणमा रहेका शिक्षक दुबैको मेडिकल टेस्टको काम भइहरेको छ । मेडिकल रिपोर्टका आधारमा कानुनी प्रक्रिया अघि बढ्ने उनले बताए ।